१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसले जारी गर्‍यो सामाजिक एवं आर्थिक विकासको मार्गचित्र [भिडियो]

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अायोजित कार्यकक्रममा चाैधरीसहित काँग्रेस नेताहरु। तस्विरः प्रबिन कोइराला

काठमाडौं— नेपाली काँग्रेसले नेपालको सामाजिक एवं आर्थिक विकासको मार्गचित्र सार्वजनिक गरेको छ। भर्खरै पार्टी प्रवेश गरेका विनोद चौधरी संयोजक रहेको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिले शुक्रबार मार्गचित्र सार्वजनिक गरेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपाली अर्थतन्त्र विस्तारका गर्नुपर्ने कार्यहरुको फेहरिस्त सुनाएका थिए। उच्च एवं फराकिलो आर्थिक वृद्धिदर हाँसिल र्गे एक मात्र बाटो नेपालमा लगानी अभिवृद्धि रहेको उनको भनाइ थियो। ‘लगानी अभिवृद्धि भएसम्म हामीले आर्थिक वृद्धिदर हाँसिल गर्न असम्भव छ’, उनले भने, ‘आर्थिक विकासको पहिलो पाइला नै नेपालको आन्तरिक र बाह्य लगानी आकर्षित गर्नुहुनेछ।’

नेपालले गत आर्थिक वर्षमा ६९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको आँकडा पेश गर्दै उनले सो रकममध्ये ७० प्रतिशत उपभोगमा खर्च भएको उल्लेख गरे। रेमिट्यान्सका कारण नेपालमा उपभोगवादी संस्कृति बढेको उनको निष्कर्ष थियो। हाल नेपालको व्यापारघाटा ९१७ अर्ब रुपैयाँ पुगेको उनले जनाए।

यसअघिको संसदमा एमाले सांसदमा रहेका चौधरी काँग्रेसको समानुपातिक सूचीमा मधेसी आरक्षणमा पर्न सफल भएका थिए। नेपालका एक मात्र फोब्र्स अर्बपति उनलाई काँग्रेसले आर्थिक समृद्धि र विास समनवय उपसमिति संयोजकको जिम्मेवारी दिएको थियो।

भिडियो : प्रबिन कोइराला

प्रकाशित: १५ मंसिर २०७४ १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App