१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतपेटिका सुरक्षामा कार्यकर्ताको पनि ड्युटी

बाजुरा – पहिलो चरणमा भएको निर्वाचनका मतपेटिकाको सुरक्षाका लागि दलका कार्यकर्ता पनि खटिएका छन् । पहिलो चरणमा भएको निर्वाचनको मतगणना मंसिर २१ मा दोस्रो चरणको मतदान सकिएपछि हुनेकार्यक्रम छ । मतपेटिका जिल्ला सदरमुकाममा संकलन गरी राखिएको छ । तिनै मतपेटिकाको सुरक्षाका लागि भन्दै कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले तोकेका नेताकार्यकर्ता सुरक्षाका लागि खटिने गरेका छन् ।
कार्यकर्ता प्रहरीसँगै मतपेटिका राखिएको जिल्ला समन्वय समितिको समीक्षालय हलको प्रांगणमा दिनरात खटिने गरेको जिल्ला निर्वाचन अधिकारी सुभद्रा शर्मा गौतमले जानकारी दिइन् । मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न जिल्लास्थित सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयलाई समेत हम्मेहम्मे परेको छ । तत्काल गणना नहुने भएपछि मतदाता, कार्यकर्ता र उम्मेदवारलाई धैर्य गर्न पनि गाह्रो भएको छ । मतपेटिकालाई जिल्ला समन्वय समितिको सभाहलमा राखेर झ्यालढोका बन्द गरी सिलबन्दी गरिएको छ । 
त्यस अघिल्तिर हतियारधारी प्रहरी जवानले पालैपालो चौबीसै घण्टा पहरा दिइरहेका छन् भने अर्को घेरामा सशस्त्र र नेपाल प्रहरीका जवानको घेराले पहरा दिएको छ । त्यसका साथै उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलका नेतालेपनि पहरा दिइरहेका छन् । मतपेटिका राखेको भवन परिषरमा उम्मेदवार तथा प्रतिनिधिले २४सैं घण्टा पहरा दिने गरेको एमाले पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताए । उनीहरुलाई बस्न मुख्य निर्वाचन अधिकृतले छुट्टै स्थानको व्यवस्था गरेको छ ।सके उम्मेदवार आफू नै उपस्थिति हुने र नभएमा प्रतिनिधि मतपेटिका राखेको स्थानमा पठाउने गरेका छन् । मतपेटिका राखेको भवनको छेउछाउमा बाक्लो भिड लाग्ने गरेको छ । दलहरूले पालैपालो मतपेटिकाको निगरानी गर्न दुई दलका तर्फबाट कम्तीमा डेढ सय कार्यकर्ताको सूची बनाएको बुझिएको छ ।मतपेटिकासकेसम्म बाहिरबाटै देख्न सक्ने गरी बन्द कोठामा सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

प्रकाशित: १४ मंसिर २०७४ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App