१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं– नेपाली कांग्रेसले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न केन्द्रीय प्रतिनिधि खटाएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिले मंगलबार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामध्ये ४४ जिल्लामा पार्टीका विभिन्न तहका नेतालाई खटाएको हो । 

पार्टी केन्द्रीय सदस्यसमेत रहेका निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँण नेतृत्व समितिले पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लाबाहेक सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले इलाममा तारामान गुरुङ, झापामा केशव निरौला, तेह्रथुममा उत्तमप्रसाद चापागाईं, धनकुटामा बालकृष्ण थापा, मोरङमा खिलानाथ दाहाल, सुनसरीमा थलकुमार लिंखा, उदयपुरमा प्रेमध्वज लामा, सप्तरीमा चित्रलेखा यादव, सिरहामा महेन्द्रप्रसाद यादव, सिन्धुलीमा बालचन्द्र पौडेल र धनुषामा बजरंग नेपालीलाई खटाएको छ। 

त्यस्तै, महोत्तरीमा स्मृतिनारायण चौधरी, सर्लाहीमा रामचन्द्र तिवारी, काठमाडौंमा प्रेमबहादुर खडका, भक्तपुरमा कमला पन्त, ललितपुरमा डा. राजाराम कार्की, काभ्रेमा बहादुर सिंह लामा तामाङ, मकवानपुरमा जीवनप्रेम श्रेष्ठ, रौतहटमा गणेशचन्द्र तिमल्सिना, बारामा राजकृष्ण अमात्य, पर्सामा शोभाकर पराजुली, चितवनमा भीम ढुंगाना, कास्कीमा तुलसीनारायण श्रेष्ठ र तनहुँमा रामनाथ अधिकारीलाई पठाइएको छ। 

यसैगरी स्याङ्जामा डा. नारायण चापागाईं, गुल्मीमा डा. टकराज गुरुङ, पाल्पामा चन्द्रबहादुर कुँवर, अर्घाखाँचीमा रेशम बानियाँ, पूर्वी नवलपरासीमा किरण पौडेल, पश्चिम नवलपरासीमा प्रमोद शर्मा, रुपन्देहीमा अयोध्या यादव, कपिलवस्तुमा जयबहादुर टन्डन, पर्वतमा मणिभद्र शर्मा, प्युठानमा बालकृष्ण पाण्डे, सल्यानमा जितविक्रम मल्ल, दाङमा प्रा.डा. धनेश्वर नेपाल, दैलेखमा कान्तिका सैजवाल, सुर्खेतमा धु्रव अधिकारी, बाँकेमा अब्दुल सतार, बर्दियामा उद्धव सिग्देल, अछाममा अक्कलदेव मिश्र, डोटीमा रीता शाही, कैलालीमा देवराज जोशी र कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू खटिएका छन्।

यसअघि पनि कांग्रेसले पहिलो चरणमा निर्वाचन भएका सबै ३२ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो।

प्रकाशित: १३ मंसिर २०७४ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App