१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

थवाङका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम (भिडियो)

रोल्पा— सुरक्षाका दृष्टिले अति सम्बेदनशील जिल्लाका रुपमा हेरिएको रोल्पामा मतदान र मतपेटिका ढुवानी सहज रुपमा सकाइएको छ। टाढा र सुरक्षा चुनौती देखिएका थवाङ र गामका मतपेटिका भने हेलिकप्टरबाट ल्याइएको छ। अन्य मतपेटिकाहरु पनि ठुलो सुरक्षा घेरा भित्र राखेर सदरमुकाम झारिएको छ।

सोमवार दिनभर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका बुझ्ने बुझाउनेको घुइचो रहयो। ‘कुनै समस्या बिना निर्वाचन सकिए जस्तै सहज रुपमा मतपेटिका ढुवानी पनि सम्पन्न भएको छ’, प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताए।

शनिवार राति देखि निर्बाचनका दिन आईतवार सम्म दर्जनौ बिष्फोट भएपछि ढुवानी कसरी गर्ने भन्नेमा स्थानिय प्रसाशन चिन्तित बनेको थियो।
तर कुनै ठूला अवरोध बिना मतपेटिका ढुवानी सम्पन्न भएपछि जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन्।

पहिलो चरणको आईतवार सम्पन्न निर्बाचनमा रोल्पामा ५५.०९ प्रतिसत मतदान भएको छ । ८० मतदान स्थल रहेको यहाँ १ सय ६० मतदान केन्द्र रहेका थिए।

भिडियो: दिनेश सुवेदी

प्रकाशित: १२ मंसिर २०७४ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App