१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘मतदान होइन महादान’

खोटाङ– ‘हामीले आज मतदान होइन महादान गर्‍यौं,’ खोटाङको हलेसी तुवाचुङ नगरपालिका च्यास्मीटारकी मतदाता मोहनसरी राईले भनिन्, ‘दान गरे एउटाले पाउँछ तर मतदान गरे सबैले पाउँछ। त्यही भएर महादान गर्‌यौं।’

मतदान अशल मान्छे चुन्ने प्रकृया हो। अशल उम्मेद्वार चुनिए आफ्नै भविष्य सुन्दर हुने भएकाले कतिपय सर्वसाधारणले मतदानलाई ‘महादान’ गरेको बताएका छन्। मतदानले सबैको भलो गर्ने उम्मेद्वार चयन हुने भएकाले मतदाताले मतदानलाई महादान भनेका हुन्। 

‘निर्वाचन जनताको भावना बुझ्ने पहिलो र अन्तिम माध्यम हो, भने मतदान मतदान मात्र होईन महादान पनि हो,’ राईले भने, ‘हामीले दिएको मतले सारा देशबासीकै भाग्य निर्धारण गर्छ।आर्थिक अनियमितता नियन्त्रण गर्दै गाउँ–ठाउँको अबिकास हटाउने भएकाले यो महादान हो।’ 

सअघि पटक–पटक मतदान गर्दा पनि आफ्नो ठाउँको आर्थिक, भौतिक र सामाजिक स्वरुपमा परिवर्तन नआउँदा मतदानप्रति कतिपयको बितृष्णा पनि देखिन्छ। मतदानमार्फत अशल र योग्य प्रतिनिधि छानिए सबैको विकास र परिवर्तन हुनेमा आशावादी सर्वसाधारण पनि उत्तिकै छन्। एक मतको परिणामले सबै नागरिकको भाग्य र भविष्य निर्धारण गर्ने भएकाले मतदानलाई ‘महादान’ भनिएको बाहुनीडाँडाका स्थानीय यानकुमार राईले बताए।

‘निर्वाचन जनताको भावना बुझ्ने पहिलो र अन्तिम माध्यम हो, भने मतदान मतदान मात्र होईन महादान पनि हो,’ राईले भने, ‘हामीले दिएको मतले सारा देशबासीकै भाग्य निर्धारण गर्छ।आर्थिक अनियमितता नियन्त्रण गर्दै गाउँ–ठाउँको अबिकास हटाउने भएकाले यो महादान हो।’ 

आईतबार गरिएको महादान (मतदान) ले खोटाङको भौतिक र आर्थिक विकास, कृषिको व्यवसायीकरण, पर्यटन बिकास, व्यवसायीक शिक्षा, उद्योग तथा कलकारखाना खोल्ने ढोका खुला गर्ने मतदाताको अपेक्षा छ। हुन पनि खोटाङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने दुधकोसी (जयराम) को पुल बन्न ८ वर्ष लाग्यो।

बनेका सडक दशक बित्दा समेत कालोपत्रे हुन सकेका छैनन्। खोटाङ र पूर्वी तराई जोड्ने सुनकोसी (फोक्सिङटार)स्थित पक्की पुल निर्माणको गति उस्तै निराशाजनक छ। सुविधा सम्पन्न अस्पताल पुग्नका लागि अढाई लाखसम्म खर्च गरेर हेलीकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। बेरोजगारीको समस्या जटिल हुँदा युवा जनशक्ति बिदेसिनेक्रम बढ्दो छ।

त्यही भएर जिल्लाका सर्वसाधारणले सदियौंदेखि भोग्दै आएका समस्याबाट मुक्ती गर्ने चाँबीकारुपमा सबैका लागि महादान (मतदान) गरेको बताउँछन् । ‘खोटाङ भौतिकरुपमा पुर्वी पहाडी जिल्लामै सवैभन्दा पछि परेको छ । पुल निर्माणमा ढिलाई, सडक निर्माणमा ढिलाई,’ रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका बिरबहादुर राईले भने, ‘यो मतदानले पक्कै पनि हाम्रो साझा समस्यालाई किनारा लगाउने छ।’ 

संवैधानिक सर्वोच्चता, विधिको शासन, प्रक्रिया सम्मत निर्णय गर्ने प्रणाली, मानव अधिकार, समावेशिता लगायतका व्यवस्थालाई मूर्त रुप दिनका लागि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएको हो। नयाँ संबिधान कार्यान्वयन, संघीयता, लोकतन्त्र एवं गणतन्त्रको संस्थागत लगायतका कार्यभार पूरा गर्ने बाटो पनि यही निर्वाचनले खोल्ने भएकाले यसपल्टको मतदान ‘महादान’जस्तै हुन पुगेको शिक्षक शैलेसकिरण चामलीङले बताए।

‘देश र जनताको भविष्यसँग जोडिएको विषय भएकाले मतदानलाई हल्कारुपमा लिनु बुद्धिमता हुँदैन,’ राजधानी काठमाडौंबाट मतदानका लागि गाउँ आइपुगेका शिक्षक चामलीङले भने, ‘मतदान आफ्नो अधिकार पाउनका लागि निभाउनु पर्ने हाम्रो एउटा महत्वपूर्ण दायित्व पनि हो ।’ 

प्रकाशित: १२ मंसिर २०७४ ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App