१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आस्विनको कीर्तिमानी प्रदर्शन

नागपुर- स्पिनर रविचन्द्रन आश्विन टेस्ट क्रिकेटमा सर्वाधिक छिटो ३ सय विकेट लिने खेलाडी बनेको दिन भारतले सोमबार दोस्रो टेस्टमा श्रीलंकालाई एक इनिङ र २ सय ३९ रन अन्तरमा पराजित गरेको छ ।
आश्विनले ५४ टेस्टमा ३ सय विकेट लिदै अस्ट्रेलियाका पूर्व बलर डेनिस मिलेको कीर्तिमान तोडेका हुन् । उनले श्रीलंकाका लहिरु गामागेलाई बोल्ड गर्दै ३ सयांै टेस्ट विकेट पूरा गरेका थिए ।
आश्विनले दोस्रो इनिङमा ६३ रन खर्चदै ४ विकेट लिएपछि २१–१ बाट चौथो दिनको खेल सुरु गरेको श्रीलंकाले थप १ सय ४५ रन जोड्दा बाँकी ९ विकेट गुमाएको थियो । यसअघि भारतले आइतबार ६१०–६ मा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङमै श्रीलंका ३ सय ९५ रनले पछि परेको थियो । श्रीलंकाले पहिलो इनिङमा पनि २ सय ५ रन मात्र जोड्न सकेको थियो ।
श्रीलंकाका कप्तान दिनेश चन्डिमलले सर्बाधिक ६१ रन जोडे । ८२ बल खेलेका चन्डिमलले १० चौका प्रहार गरे । त्यस्तै सुरंगा लकमलले अविजित ३१ रन जोडे । ४२ बल सामना गरेका लकमलले २ चौका र १ छक्का प्रहार गरे ।
भारतका आश्विनले ४ तथा उमेश यादव, इशान्त शर्मा र रविन्द्र जडेजाले समान २–२ विकेट लिए ।
यो जितपछि भारतले तीन टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ । यसअघि गत साता सम्पन्न पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
तेस्रो तथा अन्तिम टेस्ट डिसेम्बर २ बाट दिल्लीमा सुरु हुनेछ ।

प्रकाशित: १२ मंसिर २०७४ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App