१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको जियाङ्बीमा शक्तिशाली विस्फोट

बेइजिङ- चीनको जियाङबी जिल्लामा रहको एक कारखानामा बिस्फोट भएको छ । उक्त बिस्फोटका कारण आसपासका भवनहरु भत्किएका छन् । पूर्वी चीनको तटीय सहर निङ्ग्बोमा भएको उक्त घटनामा परी दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी दर्जनौं घाइते भएको स्थानीय अधिकारिले बताएका छन् । घाइते ३० जनालाई अस्पताल पुर्याइको छ र भग्नावशेसबाट उद्दार कार्य भइरहेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएको छ ।
बिस्फोटको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले ग्यास चुहावटका कारण उक्त बिस्फोट भएको अनुमान गरेको छ । बिस्फोटका कारण एक किलोमिटर टाढासम्मका भवनहरुको सीसा फुटेका छन् ।

 

प्रकाशित: १० मंसिर २०७४ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App