१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खोटाङमा ११ बजेसम्म २४ प्रतिशत मतदान

आफन्तको सहयोगमा मत खसाल्दै रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १०६ वर्षीय मणिसुन्दर बजिमय। तस्बिर: दमन

खोटाङ—खोटाङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। जिल्लाका १३६ मतदान स्थलका १७९ मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण वाताबरणमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। समाचार तयार पार्दासम्ममा करिब २४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाका १ लाख २५ हजार १ सय ८३ मतदाता सहभागी हुँदैछन्। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षार्थ २ हजार ५ सय ८७ सुरक्षाकर्मी खटाइएका छन्। मतदान स्थलमा १ हजार ४३२ कर्मचारी परिचालन भएका छन्। पर्याप्त सुरक्षा प्रवन्धकाबीचमा निर्वाचन सुरु भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए। कूल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्लामा ७० प्रतिशत बढी मत खस्ने अनुमान गरिएको छ।

प्रतिनिधि सभाका लागि एक र प्रदेशको लागि दुई क्षेत्र रहेको जिल्लामा जम्मा १९ जना उम्मेदवार चुनाबी मैदान उत्रिएका छन् ।

प्रकाशित: १० मंसिर २०७४ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App