१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश नं ४ का २०५ मतदानस्थल अतिसंवेदनशील

पोखरा- यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील ठहर गरिएको छ । 

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको अध्यक्षतामा शनिबार बसेको क्षेत्रीय सुरक्षा समितिको बैठकले ४६० संवेदनशील र ५८२ मतदानस्थललाई सामान्य रुपमा लिएको छ । त्यस्तै प्रदेश नं ५ का ९१० मतदानस्थलमध्ये २७२ अतिसंवेदनशील, २७४ संवेदनशील र ३६० लाई सामान्य मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुरुप भरपर्दो एवं मजबुत एकीकृत सुरक्षा व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । 

कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही र गोरखालाई अतिसंवेदनशील, कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ्ग र अर्घाखाँचीलाई संवेदनशील र मनाङ, लमजुङ, तनहुँ, मुस्ताङ, पर्वत, पाल्पा, गुल्मी र नवलपरासी (बर्दघाट पश्चिम)लाई सामान्य जिल्लाका रुपमा वर्गीकरण गरिएको प्रदेश नं ४ को प्रहरी कार्यालयले जनाएकोे छ । (रासस)

प्रकाशित: १० मंसिर २०७४ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App