१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुकुममा पाँच वटा बम विस्फोट

रुकुम- आठबीसकोट नगरपालिका वडा नं. ७ र ८ मा बम विस्फोट भएको छ । आइतबार बिहान पाँचवटा बम विस्फोट भएका हुन् ।

निर्वाचनविरोधी गतिविधि गर्नेले उक्त बम विस्फोट गराएको हुन सक्ने स्थानीयहरुले बताएका छन् । उक्त बम विस्फोट भए पनि मतदान केन्द्रमा कुनै असर परेको छैन । सबै मतदाताहरु मतदान केन्द्रमा सहभागी भएका छन् ।

यता जिल्ला सुरक्षा समितिले भने कुनै जानकारी नआएको बताएको छ । सुरक्षा समितिका संयोजक तथा प्रमुुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले त्यस्तो कसैले हल्ला मच्याएको हुन सक्छ बताए । उनले भने ‘अहिले सम्म त्यस्तो जानकारी आएको छैन् ।’ निर्वाचन बिथोल्ने मनसायले बम विस्फोट भएको हल्ला चलाएकाएको हुन सक्ने आचार्यले जनाए ।

मनकामना आधरभूत विद्यालय चिर्थिपाखाका मतदान अधिकृत मानवहादुर ओलीका अनुसार धेरै टाढा बम पट्कोको आवाज आएको थियो । मतदान वरिपरि कुनै खालको सुरक्षा चुनौति नभएको उनको भनाई छ । अहिले सम्म यस मतदान केन्द्रमा सय भन्दा बढि मतदाताले मतदान गरेको उनका भनाई छ ।

 

प्रकाशित: १० मंसिर २०७४ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App