२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रोल्पामा मतदान सुरु, थवाङमा १ सय मत खस्यो

मतदान गर्दै वर्षमान पुन र ‌ओनसरी घर्तिमगर। तस्बिर : दिनेश सुवेदी

रोल्पा– रोल्पाका १ सय ६० मतदान कन्द्रमा बिहान ७ बजेदेखि उत्साहपूर्ण ढंगले मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत बासुदेबलाल श्रेष्ठका अनुसार सबै स्थानमा बिहान ७ बजे देखि नै मतदान सुरु भएको हो ।

सुरक्षाका हिसाबले अत्यन्त संवेदनशिल क्षेत्र मानिएको रोल्पामा गत राति दर्जनौ स्थानमा बम बिष्फोट गराइएको छ । बम बिष्फोटबाट कुनै क्षति भने नभएको स्थानिय प्रसाशनले बताएको छ ।

रोल्पाको थवाङ, इरिवाङ, दुम्ला, सेरम, घोडागाउँ लगाएतका ठाउँमा बम बिष्फोट भएको हो । अहिले मतदान सुरु भएपछि पनि थवाङ, इरिवाङ लगायतका ठाउँमा बिष्फोट भइरहेको त्यहा खटिएका मतदान अधिकृतहरुले जनाएका छन् ।

यसैबीच निवर्तमान सभामुख ओनसरी घर्ती र उनका श्रीमान पूर्वमन्त्री वर्षमन पुनले रोल्पाको माडिचौरमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । शून्य मतदानको आशाा गरिएको थवाङमा बिहान ९ बजेसम्म १ सय मत खसेको त्यहा खटिएका मतदान अधिकृत गोपिराज पुनले बताएका छन्।

तस्बिर : दिनेश सुवेदी।

मतदान गर्दै वर्षमान पुन र ‌ओनसरी घर्तिमगर। तस्बिर : दिनेश सुवेदी
मतदान गर्दै वर्षमान पुन र ‌ओनसरी घर्तिमगर। तस्बिर : दिनेश सुवेदी
मतदान गर्दै वर्षमान पुन र ‌ओनसरी घर्तिमगर। तस्बिर : दिनेश सुवेदी
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App