१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खोटाङका १७९ मतदान केन्द्रमा बुथ तयार

खोटाङ– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा मतदान केन्द्र तयार पारिएको छ। आईतबार हुने दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा शनिबार अपराह्नसम्ममा १३६ मतदान स्थलका १७९ मतदान केन्द्रमा बुथ तयार पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनका लागि हरेक मतदान केन्द्रमा बुथ, मतदाता अभिने छुट्टाछुट्टै बार, मतदान गर्ने गोप्य कोठा, व्यालेट बक्स राख्ने स्थान, कर्मचारी र दलका प्रतिनिधि बस्ने स्थान लगायत तयार पारेर सबै कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए। निर्वाचनका लागि एक हजार ४३२ कर्मचारी मतदान स्थलमा खटिएका छन् । ‘मतदानका लागि सबै तयारी पूरा भएको छ, सबै बुथ तयार भइसकेका छन्,’ जिल्ला निर्वाचन अधिकारी खत्रीले भने, ‘मतदान केन्द्रमा गर्नुपर्ने सबै काम पूरा भएको जानकारी प्राप्त भएको छ ।’ अपांग, अशक्त, गर्भवती महिलालाई भने लाईनमा नबसी मत दिने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाका कुल मतदान केन्द्रमध्ये २८ मतदान केन्द्र अतिसंबेदनशिल, ५४ संवेदनशिल र ५४ मतदान केन्द्र सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनको सुरक्षार्थ २ हजार ५८७ सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । ‘हरेक मतदान केन्द्रमा पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ प्रजिअ अधिकारीले भने, ‘शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वाताबरण बनाइएको छ ।’ निर्वाचनमा जिल्लाका १ लाख २५ हजार १८३ मतदाता सहभागी हुँदैछन्।

 

प्रकाशित: ९ मंसिर २०७४ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App