१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'कम्युनिष्ट गठबन्धनले कांग्रेस नेताको हत्या गर्न खोज्यो'

काठमाडौं- नेपाली कांग्रेसले कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर कम्युनिष्ट गठबन्धनले नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि निरन्तर आक्रमण गरिरहेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसले शनिबार एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले सुनियोजित तवरबाट बारम्बार आक्रमणका घटनाहरु  दोहो¥याउनु  अत्यन्त दुःखद भएको जनाएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको कम्युनिष्ट गठबन्धनको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्छु।'

यस्ता घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको विज्ञप्तिमा उल्लेख छ ।’

प्रकाशित: ९ मंसिर २०७४ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App