१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजिप्टमा प्रार्थना गरिरहेका बेला मस्जिदमा आक्रमण, कम्तिमा २३५ को मृत्यु

इजिप्ट—उत्तरी इजिप्टको सियानी क्षेत्रको एउटा सुफी मस्जिदमा भएको आक्रमणमा कम्तिमा २३५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार घटनामा १०९ भन्दा बढी घाइते भएका छन्।

इजिप्टको भूमिमा भएको यो नै अहिलेसम्मको सबैभन्दा भयानक आतंककारी हमला भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्। मस्जिदभित्र शुक्रबारको प्रार्थना भइरहँदा पहिला दुई वटा ठूला बम विस्फोट भएका थिए। त्यसपछि हतियारधारीले फायरिङ सुरु गरेका थिए। 

एसोसिएटेड प्रेसका अनुसार चार गाडीमा आएका आतंककारीले नमाज पढिरहेका बेला गोली चलाउन सुरु गरेका थिए।

इजिप्टका राष्ट्रपटि अब्दुल फतह अल सीसीले घटनापछि सुरक्षा प्रमुखहरुसँग आपतकालीन बैठक गरेका छन्।

स्थानीय मिडियाका अनुसार शुक्रबार नमाज पढ्ने समयमा अल आरिस नजिकै अल रावदाको एक मस्जिदमा यो घटना भएको हो।

 

प्रकाशित: ८ मंसिर २०७४ १७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App