१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतीय राजदूतले धनुषा-३ को चुनाबी माहोल निधिलाई सुनाए

भारतीय राजदूत (बायाँ) र काँग्रेस नेता निधि। फाइल तस्विर

काठमाडौं— भारतीय राजदूत मञ्जिवसिंह पुरीले ओम अस्पताल पुगेर उपचाररत नेपाली काँग्रेस नेता विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। शुक्रबार दिउँसो भारतीय राजदूत पुरी चावहिलस्थित अस्पताल पुगेर निधिको स्वास्थ्य लाभको कामना गरेका हुन्।

भारतीय राजदूतले निधि उम्मेदवार रहेको धनुषा–३ को चुनाबी माहोल अवलोकन गरेको जानकारी दिएका थिए।

राजदूत पुरी विवाह पञ्चमी समारोहमा सहभागी हुन जनकपुर गएका थिए। राम-जानकी विवाह महोत्सवमा सहभागी भएर फर्किने क्रममा उनी शुक्रबार दिउँसो विमानस्थलबाट सिधै अस्पताल पुगेका हुन। भारतीय राजदूतले निधि उम्मेदवार रहेको धनुषा–३ को चुनाबी माहोल अवलोकन गरेको जानकारी दिएका थिए।

गत सोमबार अस्पताल भनाए भका कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकालको टोलीले हेरिरहेको छ। चिकित्सकले उनलाई केही दिन आराम गर्नुपर्ने सल्लाह दिएका छन्।

धनुषा–३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कार्तिक १६ गते मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृह जिल्ला धनुषा बस्दै आएका थिए। धुलोधुवाँका कारण केही असहज भएपछि उनी अस्पताल पुगेका थिए। चिकित्सकको सल्लाहअनुसार सोमबार उनी अस्पताल भर्ना भएका थिए।
 

प्रकाशित: ८ मंसिर २०७४ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App