१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

करोडौंकी ‘मिस वर्ल्ड’

मुम्बई- हरेक वर्ष महिलाकै लागि ‘मिस वल्र्ड’ प्रतियोगिता हुने गर्दछ । यो वर्ष ‘मिस वल्र्ड’को विजेतामा भारतीय सुन्दरी मानुषी छिल्लरले आफ्नो नाम दर्ता गराइन् । १७ वर्ष अघि सन् २००० मा बलिउड नायिका प्रियंका चोपडाले यो उपाधि जितेपछि अन्य कुनै पनि भारतीय सुन्दरीले विश्व सुन्दरी प्रतियोगिताको ताज शिरमा लगाउन पाएका थिएनन् ।
विश्व सुन्दरी प्रतियोगिताको ताज जोकोही देशका लागि सम्मानको विषय बन्दछ । हरेक वर्ष विश्वभरका देशका सुन्दरीहरु यो ताज शिरमा लगाउन लालयित हुन्छन् । तर भाग्यमानीले मात्र यस्तो अवसर पाउँछन् ।
‘मिस वल्र्ड’को ताज शरीरमा लगाउनुको अर्थ नै ती सुन्दरी वर्षकै सबैभन्दा सुन्दर युवती हुन् भनेर चिनाउनु पनि हो । यो ताज शीरमा लगाएकी सुन्दरीको विश्वव्यापी चर्चासँगै उनको भाग्य पनि बद्लिने गर्दछ ।
‘मिस वल्र्ड’को सबैभन्दा महत्वपूर्ण बस्तु नै शीरमा लगाइने ताज हुन्छ । हिरा र रत्न मिश्रित बहुमूल्य धातु जडित यो ताज आफैमा महंगो हुन्छ । समाचार अनुसार यो ताजको मूल्य २ करोडदेखि ५ करोडको बीचमा हुन्छ । यो ताजबाहेक विजेताले नगद पुरस्कार नै १० करोडको हाराहारीमा पाउँछन् ।
ताज र नगद पुरस्कारसँगै ‘मिस वल्र्ड’ले ‘ट्राभल एलाउन्स’ पनि पाउँछन् । जुन सुविधामा अर्को वर्षसम्म उनीहरु विश्वको जुनसुकै स्थान घुम्न सक्छन् । जसका लागि कुनै पनि सवारी साधनमा यात्रा गर्दा खर्च गर्नुपर्दैन् । ‘मिस वल्र्ड’ बनेपछि उनीहरुलाई ठूला–ठूला ब्राण्डले प्रायोजन पनि गर्छन् । ती ब्राण्डका उत्पादन प्रयोग गर्नका लागि विश्व सुन्दरीले पैसा पनि तिर्नुपर्दैन् । यी सुविधासँगै सुन्दरीहरुलाई विज्ञापन र फिल्म खेल्ने अवसर पनि पाउँछन् ।
मानुषी अघि भारतीय सुन्दरीहरु रीता फारिया, ऐश्वर्य राय, डायना हेडन, युक्ता मुखी र प्रियंका चोपडा विश्व सुन्दरी बनिसकेका छन् । यी सुन्दरीमध्ये ऐश्वर्या र प्रियंका बलिउडमा अन्य नायिकाका लागि प्रेरणाको माध्यम बनेका छन् । रीताबाहेक डायना र युक्ताले पनि बलिउडमा आफ्नो अनुहार देखाइसकेका छन् । मानुषीले पनि आफूले अवसर पाएमा बलिउडमा पाइला चाल्ने बताइसकेकी छन् । तर अब उनी कहिले फिल्ममा आउँछिन् त्यो चाहिँ प्रतिक्षाकै विषय बनेको छ ।

प्रकाशित: ८ मंसिर २०७४ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App