१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कांग्रेसकातर्फबाट २ जना मन्त्रीको टुंंगो

काठमाडौं– नेपाली कांग्रेसले आफ्नोतर्फबाट  पहिलोचरणमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। जसअनुसार कांग्रेसकातर्फबाट बिमलेन्द्र निधीले सरकारमा पार्टीको नेतृत्व गर्नेछन्। उनले उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।  यसैगरी   रमेश लेखक भौतिक पुर्वाधार तथा यातायत मन्त्री बन्ने भएका छन्। बिहीबार बसेको कांग्रेस नेताहरुको बैठकले पहिलो चरणमा २जनालाई सरकारमा पठाउने निर्णय गरेको हो।

सरकारमा पार्टीकातर्फबाट निधीले नेतृत्व गर्नेभएपछि कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ। कनिष्ठ नेतालाई नेतृत्व गर्दै पठाएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको हो। कांग्रेस नेता गोपालमान श्रेष्ठले कनिष्ठ नेतालाई सरकारमा पार्टीको नेतृत्व गर्दै पठाउने निर्णयप्रति असन्तुष्टि जनाए। उनले वरिष्ठ नेताहरु कनिष्ठको नेतृत्वमा सहभागी हुन समस्या भएको जनाए।

 

प्रकाशित: २० श्रावण २०७३ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App