१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवामा मध्यरातमा आक्रमण, प्रहरीद्वारा १३ राउण्ड हवाइफायर

रसुवा– निर्वाचन आउन २ दिन बाँकी रहँदा रसुवामा आक्रमणको घटना बढेको छ । बिहीबार राति जिल्लाको दुई स्थानमा आक्रमण तथा झडप भएको छ ।

जिल्लाको कालिका गाउँपालिका–२ चिउरीबोटमा नयाँ शक्तिका कार्यकर्ताले नेकपा एमालेको गाडी रोकेर आक्रमण गरेपछि प्रहरीले १३ राउण्ड हवाइफायर गरेको छ ।

एमालेले चुनावी अभियान सकाएर गाउँपालिकाको काभ्रेबाट कालिकास्थान जाने क्रममा चिउरीबोटमा मेस सञ्चालन गरेर बसेका नयाँ शक्तिका कार्यकर्ताले गाडी रोकेर आक्रमण गरेका थिए ।

आक्रमणबाट बा १६ च ५७५४ नम्बरको स्कार्पियोको अगाडिको सिसा फुटेको छ । आक्रमण भएको खबर पाए लगत्तै कालिकास्थानबाट गएको प्रहरीले छुटाउन खोज्दा प्रहरीलाई पनि आक्रमण गर्न खोजेपछि हवाइफायर गर्न बाध्य भएको प्रहरी नायब उपरिक्षक सरत कुमार थापा क्षेत्रीले बताए ।

उनले भने, ‘नयाँ शक्तिका कार्यकर्ताले चिउरीबोट अगाडी सडक अबरोध गरेर एमालेको गाडीमा आक्रमण गर्न थालेपछि प्रहरी पुगेको थियो, सम्झाउन खोज्दा प्रहरीमाथि आइलागेपछि स्थिति नियन्त्रणमा लिनका लागि हवाइफायर गरिएको हो ।’

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुस्थित नेकपा एमालेका अध्यक्ष एवंम प्रदेशसभा १ का उम्मेदवार कर्णेल लामाको घरमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणबाट घरमा सामान्य क्षति पुगेको छ ।

त्यसैगरी, गोसाइँकुण्ड गाउँपालिकास्थित थुमनमा पनि लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनको कार्यकर्ताबिच झडप भएको छ । झडप भएको खबर पाएलगत्तै प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको बताइएको छ ।

प्रकाशित: ८ मंसिर २०७४ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App