१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीले सपना पनि चुनाव सारेको देख्छन् : देउवा [भिडियो]

रोल्पा– मौन अवधि सुरु हुनु केही घण्टा अगाडि रोल्पा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाबी सभालाई सम्बोधन गरेका छन् ।

कम्युनिष्ट सरकार आयो भने डर र त्रासमा बाँच्नुपर्ने भन्दै सभापति देउवाले ‘नेपालका कम्युनिष्टले विश्वमै खत्तम भइसकेको व्यवस्था नेपाल ल्याउन चाहेको’ बताए । उनले भने, ‘नेपालका कम्युनिष्टहरुले चीनमा सकिएको माओवाद, रुसमा लेनिनवाद र माओवादको सपनामा जनता भुलाइरहेका छन् ।’

लोकतन्त्रमाथि खतरा उत्पन्न भएकाले प्रजातन्त्र र गणतन्त्र ल्याउने नेपाली कांग्रेसलाई भोट हाल्नुपर्ने उनले बताए । ‘द्वन्द्वमा सबैभन्दा बढी आफ्ना कार्यकर्ता मारिएको जिल्ला हो । देश कता जान्छ । एकदलीय कम्युनिष्ट कि बहुदलीय अब रोज्नुपर्ने समय आएको छ ।’
देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० र २१ गते चुनावमा भोट हालेर पनि ‘शेरबहादुर देवाले चुनाव सार्दै छ,’ भनिरहन बेर नलगाउने आरोप लगाए । उनले थपे, ‘ओलीले हिजोआज सपनामा पनि चुनाव सारेको देख्दैछन् ।’

लोकतान्त्रिक बामगठबन्धनले रोल्पाको सदरमुकामा लिबाङमा बिहीबार आयोजना गरेको चुनावी सभा शक्ति प्रर्दशनका रुपमा प्रस्तुत गरिएको थियो ।

भिडियो

प्रकाशित: ७ मंसिर २०७४ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App