१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेविसंघ महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं–नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। देशभरबाट करि ३ हजार ४ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन यही साउन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशन प्रतिनिधि राजधानी आउने क्रम सुरु भएको नेविसंघका प्रवक्ता यूपि लामिछानेले जानकारी दिए। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई तीन प्रति फोटोसहित आफ्नो परिचय खुल्ने नागरिकता वा लाइसेन्ससहित सहभागी हुने सकुर्लर जारी गरिएको लामिछानेले जानकारी दिए। महाधिवेशनको प्रचार प्रसार तथा महाधिवेशन प्रतिनिधिलाई राख्न होटल बुकिङको काम सकिएको छ।

  नीति कार्यक्रम शैक्षिक दस्तावेज लेखन कार्य सकिएको छ । महाधिवेशनमा १ करोड ७८ लाख ८० हजार खर्च हुने अनुमान गरिएको प्रवक्ता लामिछानेले बताए।  महाधिवेशमा लाग्ने सम्पुर्ण आर्थिक व्यव पार्टीले व्यहोर्ने निर्णय भएको उनले जनाए।  तोकिएकै मितिमा महाधिवेशन गर्न माग गर्दै पार्टी कार्यालयमा अनशनरत विद्यार्थीलाई तोकिएकै समयमा महाधिवेशन गर्ने भन्दै अनशन तोड्न नेविसंघले आग्रहसमेत गरेको छ।

 

प्रकाशित: २० श्रावण २०७३ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App