चिट चोर्ने परीक्षार्थी चार वर्ष परीक्षा दिन नपाउने

मङ्गलबार, ०५ मङि्सर २०७४, १८ : ५५ दीपक दाहाल  | @DeepakDahal1

काठमाडौं- इलेक्टोनिक उपकरणसहित पक्राउ परेका १२ विद्यार्थीले चार वर्षसम्म कुनै पनि एमबिबिएस प्रवेश परीक्षामा सहभागी हुन नपाउने भएका छन्।

आइओएम प्रवेश परीक्षा सञ्चालक समितिले उपकरणसहित समातिएहरुलाई चार वर्षसम्म आइओएमको कुनै पनि प्रवेश परीक्षा सहभागी हुन अयोग्य रहनेगरी निर्णय गरेको हो।

आइओएमले परीक्षा समितिले गत असोज २८ गतेको परीक्षा रद्द गर्ने निर्णय ३ गते गरेको थियो। त्यसैगरी आगामी परीक्षा मंसिर १६ गते गरिने समेत जनाएको छ। त्रिविले केही दिनअघि शैक्षिक प्रशानससम्बन्धी नियामको खण्ड (ग) बमोजिम गर्न निर्देशन दिएपछि सो व्यवस्थाअनुसार आइओएम परीक्षा समितिले परीक्षा रद्दगरी नयाँ मिति तोकेको हो।

त्रिवि चिकित्साशास्त्र अध्यायान संस्था (आइओएम) एमबिबिएस प्रवेश परीक्षामा चिट चोरी भएपनि प्रश्नपत्र बाहिरिएको कुनै आधार नदेखिएको अनुसन्धानबाट देखिइको छ। अनुसन्धानबाट चिट चोरिमा संलग्न ९ विद्यार्थीसहित गिरोहको अनुसन्धानबाट भाइबरमा देखिएका मध्ये जम्मा ५९ प्रश्नमा १४ वटामात्रै मिलेको पाइएको थियो । प्रश्नपत्र नै बाहिएको भन्दै त्योभन्दा बढी उत्तर मिल्ने र यति न्यूनप्रश्न मिलेको आधारमा मात्रै प्रश्नपत्र बाहिरएको पुष्टि हुननसक्ने अनुसन्धानले देखाएको छ।

आइओएमले प्रहरी र त्रिवि छानविन समितिको प्रतिवेदनले समेत प्रश्नपत्र बाहिरीएको र कुनै कर्मचारी वा पदाधिकारीको संलग्नतासमेत हालसम्म पुष्टि नभएको जनाएको छ।

परीक्षा समितिले चिट चोरी प्रकरण बाहिरिएको एमबिबिएस प्रवेश परीक्षा रद्द गर्ने निर्णय गरेको छ।

आइओएम अन्र्तगतका ७ मेडिकल कलेजका लागि तोकिएका सिटमा भर्ना लिन गत असोज २८ मा परीक्षा संचालन गरिएको थियो। सो क्रममा केही परीक्षा केन्द्रमा चिट चोर्न विशेष इलेक्टिभ डिभाइससहित गिरोह नै समातिएको थियो।

सो आधारमा त्रिवि, मेडिकल काउन्सिललगायतका निकायबाट भएका छानविन प्रतिवेदनले परीक्षामा अनियमितता भएको देखाएको भन्दै त्रिविले रद्द गर्न आइओएमलाई निर्देशन दिएको थियो।

त्रिविले आइओएमलाई प्रहरीको प्रतिवेदन, नेपाल मेडिकल काउन्सिलको विज्ञको प्रतिवेदन, त्रिवि छाविन समितिको प्रतिवेदन र कानुनी सल्लाह गरी चारवटा आधारमा घुमाउरो तरीकामा रद्द गरेर नयाँ परीक्षा गर्न सुझाएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad