१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ४ : चुनावी मैदानमा १८ पूर्वसांसद

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा प्रदेश नं. ४ मा १८ जना पूर्वसांसदले उम्मेदवारी दिएका छन् । तीमध्ये लोकतान्त्रिक गठबन्धनबाट १४ र वाम गठबन्धनबाट ४ जना छन् । कुल उम्मेदवारमध्ये लोकतान्त्रिक गठबन्धनबाट ४ र वाम गठबन्धनबाट १४ नयाँ अनुहार छन् ।
दुवै गठबन्धनबाट गरी प्रदेश नं. ४ मा तीन महिला र एक मात्र दलित उम्मेदवार छन् । लोकतान्त्रिक गठबन्धनबाट दुई महिलाले उम्मेदवारी दिएका छन् । वाम गठबन्धनबाट एक महिला र एक दलितको उम्मेदवारी परेको छ । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिने महिलामा बाग्लुङ–२ बाट चम्पादेवी खड्का र पूर्वी नवलपरासी–२ बाट विष्णुकुमारी कार्की छन् । वाम गठबन्धनबाट उम्मेदवारी दिने महिलामा स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र दलितमा कास्की–३ मा जगत विश्वकर्मा छन् ।
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिने पूर्वसांसदमा गोरखा–१ बाट चीनकाजी श्रेष्ठ, गोरखा–२ बाट डा. बाबुराम भट्टराई, लमजुङ–१ बाट दीलबहादुर घर्ती, तनहुँ–१ बाट रामचन्द्र पौडेल र तनहुँ–२ बाट शंकर भण्डारी छन् । त्यस्तै, कास्की–१ बाट यज्ञबहादुर थापा, मनाङ–१ बाट टेकबहादुर गुरुङ, मुस्ताङ–१ बाट रोमी गौचन थकाली, पर्वत–१ बाट अर्जुनप्रसाद जोशी, स्याङ्जा–१ बाट राजु थापा, स्याङ्जा–२ बाट गोपालमान श्रेष्ठ, म्याग्दी–१ बाट खम्बिर गर्बुजा, बाग्लुङ–२ बाट चम्पादेवी खड्का र पूर्वी नवलपरासी–१ बाट उम्मेदवार बनेका शशांक कोइराला पनि पूर्वसांसद हुन् ।
लोकतान्त्रिक गठबन्धनका नयाँ अनुहारमा कास्की–२ बाट देवराज चालिसे, कास्की–३ बाट शुक्रराज शर्मा, बाग्लुङ–२ बाट निरज पुन मगर र पूर्वी नवलपरासी–२ बाट विष्णुकुमारी कार्की छन् ।
वाम गठबन्धनबाट उम्मेदवारी दिने पूर्वसांसदमा लमजुङ–१ बाट देव गुरुङ, कास्की–१ बाट खगराज अधिकारी, कास्की–२ बाट रवीन्द्र अधिकारी र मनाङ–१ बाट पाल्तेन गुरुङ छन् । वाम गठबन्धनबाट नयाँ अनुहारमा गोरखा–१ मा हरि अधिकारी, गोरखा–२ मा नारायणकाजी श्रेष्ठ, तनहुँ–१ मा कृष्णकुमार (किसान) श्रेष्ठ, तनहुँ–२ मा केदार सिग्देल, कास्की–३ मा जगत विश्वकर्मा र मुस्ताङ–१ मा प्रेमप्रसाद तुलाचन छन् । यस्तै पर्वत–१ का पदम गिरी, स्याङ्जा–१ का नारायण मरासिनी, स्याङ्जा–२ की पद्माकुमारी अर्याल, म्याग्दी–१ का भूपेन्द्रबहादुर थापा, बाग्लुङ–१ का सूर्य पाठक, बाग्लुङ–२ का देवेन्द्र पौडेल, पूर्वी नवलपरासी–१ का भवीश्वर पराजुली र पूर्वी नवलपरासी–२ का तिलक महत पनि नयाँ अनुहार हुन् ।

प्रकाशित: ५ मंसिर २०७४ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App