१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आयोजकसँग अंक बाँड्न बाध्य

काठमाडौं– आइसिसी ट्वान्टी–२० विश्वकपका लागि छनोट हुने लक्ष्यसहित खेलेको नेपालले पहिलो खेलमा सोमबार आयोजक थाइल्यान्डसँग अंक बाँडेको छ।

वर्षाका कारण नेपाल र थाइल्यान्डबीचको खेल पूरा हुन नसकेपछि दुवै टोलीले समान १ अंक बाँडेका हुन्।

महिला विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट थाइल्यान्डमा भइरहेको छ । राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगिताका शीर्ष दुई टोलीले आगामी वर्ष वेस्ट इन्डिजमा हुने महिला विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।

सोमबार थाइल्यान्डविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा कुनै विकेट नगुमाउँदै १० रन जोडेको बेला वर्षाका कारण खेल रोकिएको थियो । वर्षाले खेल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका थिए।

खेल रोकिँदा नेपालकी ओपनर ज्योति पाण्डेले ४ र सरिता मगरले ५ रन जोडेका थिए। त्यसअघि घरेलु मैदानमा नेपालविरुद्ध सुरुआतमा ब्याटिङ गर्ने क्रममा थाइल्यान्डले २० ओभर पूरा खेलेर ६ विकेटको नोक्सानीमा ९० रन जोडेको थियो । थाइल्यान्डका लागि नरुमोल चाइवाइले सर्वाधिक २३ रन बनाइन्।

अन्तिम ओभरसँग क्रिजमा टिकेकी चाइवाइले ३७ बल खेलेकी थिइन्। थाइल्यान्डकी ओपनर नाटाकान चान्तामलाई १८ रन बनाएको बेला नेपालकी सरिता मगरले बोल्ड गरेकी थिइन् । यसै गरी थाइल्यान्डकी कप्तान सोरननारिन टिपोचले १५ र चानिदा सुथिरुवाङले अविजित १३ रन जोडेका थिए।

नेपालका लागि सरिताले सर्वाधिक २ विकेट लिइन् । उनले ४ ओभरमा ११ रन खर्चेकी थिइन् ।  कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले समान १ विकेट लिए।

बैंककस्थित टेर्डथाइ मैदानमा नेपाल थाइल्यान्डविरुद्ध जित हासिल गर्दै पहिलो खेलमा सुखद नतिजा निकाल्ने रणनीतिमा थियो । तर रुबिना क्षत्रीको कप्तानीमा रहेको नेपालले पहिलो खेलमै अंक बाँड्नुपरेको छ।

प्रतियोगिताका लागि महिला टोलीले बंगलादेशमा अभ्यास गरेर थाइल्यान्ड गएको थियो।

एसिया कप छनोट प्रतियोगितामा आयोजक थाइल्यान्डसँगै नेपाल, हङकङ, युएइ, मलेसिया र चीनको सहभागिता रहेको छ । नेपालले अब आगामी खेलमा मंगलबार हङकङसँग खेल्नेछ । त्यसपछि नेपालले बिहीबार युएइ, नोभेम्बर २४ मा मलेसिया र अन्तिम खेलमा नोभेम्बर २६ मा चीनसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोट क्रिकेट खेलिरहेको नेपाली टोलीमा रुबिनासँगै राष्ट्रिय टोलीकी पूर्वकप्तान नेरी थापा, सरिता मगर, इन्दु बर्मालगायतका अनुभवी खेलाडी छन्।

नेपालले मंगलबार हङकङलाई हराए छनोट हुने सम्भावना बढ्नेछ। प्रतियोगिताअन्तर्गत पहिलो खेलमा जित हासिल गर्दै हङकङ र युएइले समान २ अंक जोडेका छन् ।

जुनमा नेदरल्यान्डमा हुने आइसिसी महिला विश्वकप क्रिकेटमा ८ टोलीले खेल्नेछन् । त्यसमध्ये एसियाबाट खेल्ने टोलीको मात्र टुङ्गो लागेको छैन। विश्वकपका लागि आयोजक नेदरल्यान्डसँगै बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, युगान्डा छनोट भैसकेका छन्।

९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा कुनै विकेट नगुमाउँदै १० रन जोडेको बेला वर्षाका कारण खेल रोकिएको थियो। वर्षाले खेल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका थिए।

 

प्रकाशित: ४ मंसिर २०७४ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App