१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हिमालयन शेर्पा फाइनलमा

काठमाडौं- त्रिदेव गुरुङले ५६औं मिनेटमा गरेको गोलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै यती हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरि गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ ।
गोलरक्षक अर्पण कार्कीले रिलिज गरेको लामो बललाई आर्मीका डिफेन्डरबीच तालमेल नमिलेको अवस्थामा गुरुङले चिपमा गोल गरेका भए ।
नैकापस्थित चन्द्रागिरि नगरपालिकाको खेलमैदानमा आइतबार भएको खेलमा शेर्पाले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा शेर्पाका गुरुङले गरेको गोल नै शेर्पालाई फाइनलमा पु¥याउन निर्णायक बन्यो । अब हिमालयन शेर्पाले उपाधिका लागि कुपन्डोलको एनआइबिएल फ्रेन्ड्स क्लबसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । फ्रेन्ड्सले शनिबार सिएमजी क्लब संकटालाई १–० ले नै पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
 शेर्पाका सजित मोरान खेलको म्यान अफ दी म्याच घोषित भए । उनले ३ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते मंगलबार हुनेछ ।

प्रकाशित: ४ मंसिर २०७४ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App