१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

क्यान बमसहित बिप्लवका ५ कार्यकर्ता पक्राउ

गत १ गते सदरमुकाम नजिकै माओबादी नेतालाई लक्षित गरि फालिएको नपड्कीएको बम । तस्विर: दिनेश सुवेदी

रोल्पा - रोल्पा प्रहरीले बिप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका ५ जना कार्यकर्ता हतियार सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुर्दशन पन्थी र ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमल रजौरेको नेतृत्वमा गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुई तिरबाट सर्च गर्दा जिल्ला स्तरका कार्यकर्ता पक्राउ गरेको हो । ७ बटा ‘क्यान बम’ र ठुलो परिमाणमा बिष्फोटक पदार्थ सहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 
पक्राउ पर्नेमा सुनछहरी गाउँपालिकाका हिमलाल पुन हिमाल, रोल्पा नगरपालिका १० का धनबहादुर थापा बिष्लेषण, बिर बहादुर वलि रहेका छन । त्यसै गरि सुवर्णावती ५ का मिनराम बिष्ट र खड्क बहादुर केसी रहेको प्रहरीले बताएको छ । सुवर्णावती ५ क्वाली गाउँबाट पक्राउ परेका उनिहरुको साथबाट ७ थान बम समेत बरामद गरिएको हो । प्रहरीका अनुसार गत १ गते सदरमुकाम नजिकै माओबादी नेतालाई लक्षित गरि पड्काईको बम यस्तै प्रकारको थियो । 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App