१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मान्छे आक्रमण गर्ने कालो भालु स्थानीयले मारे

जुम्ला— जिल्लाको गोठीचौर गाउँपालिका ४ धौलपुरा गाउँ नजिकै शौच गर्न गएका ६० वर्षिया लक्ष्मीचन्द्र न्यौपानेलाई आक्रमण गरी घाइते बबनाउने कालो भालुलाई स्थानीयले मारेका छन्। मान्छे घाइते भएको आक्रोशमा गाउँलेले भालुलाई लखेटेर मारेका हुन्।

स्थानीयलाई भालुले आक्रमण गरेर घाइते बनाएको र स्थानीयले आक्रोशमा आएर भालु मारेको खबर आउने वित्तिकै इलाका वन कार्यालय देपालगाउँका कर्मचारी परिचालन गरिएको जिल्ला वन कार्यालय जुम्लाका प्रमुख मोहन प्रसाद श्रेष्ठले जानकारी दिए।

भालु नजिकैको स्याउ वगैचामा पसेर स्याउ खाईरहेको समयमा स्थानीय लक्ष्मी चन्द्रको जम्काभेट भएर आक्रमण गरेको हुनसक्ने उनले बताए। मारिएको भालु जिल्ला वन कार्यालय जुम्लाले नियन्त्रणमा लिएर वन कार्यालयमा ल्याएको छ।  घाईत न्यौपानेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेकोछ। टाउँको र खुट्टामा बढी चोट देखिएकोले तत्काल अप्रेशन शुरु भइसकेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए।

मौसम फेरवदलसँगै बढ्दो चिसो र आहाराको खोजीमा भालु गाउँतिर झरेको हुन सक्ने वन कार्यालय जुम्लाले जनाएको छ। स्थानीय प्रशासन,नेपाल प्रहरी, वन कार्यालय र स्थानीयको रोहवरमा भालुको पोष्टमार्टम गरी कम्पाउण्ड भित्रै खाडल वनाएर गाड्ने तयारी भईरहेको प्रमुख श्रेष्ठ बताउँछन्।

स्थानीयले लखेट्दा भालु पल्टिएको र तिला नदीमा डुबेर मरेको स्थानीय बताउँछन्। दुई महिना अघि पातारासी गाउँपालिका तल्फी गाउँमा भालु गाउँमा पसेपछि स्थानीयले लखेटेर मारेका थिए। एक पछि अर्को भालु गाउँ पस्न थालेपछि स्थानीयमा त्रसित छन्।

प्रकाशित: ३ मंसिर २०७४ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App