१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ

चितवन – चुनाब विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले आइतबार दिउँसो नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्जार्च लालबहादुर बिसीलाई गिरफ्तार गरेको छ।

बिसीलाई दिउँसो एक बजे भरतपुर वडा नं. ७ बाट पक्राउ गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालले जानकारी दिए।

‘उहाँलाई निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा समाएको हो’ प्रवक्ता डिएसपी ढकालले भने । चितवन प्रहरीले यसअघि सो पार्टीका दुईजना नेतालाई समाएको थियो । डिएसपी ढकालका अनुसार तीन दिनअघि सो पार्टीका लोकराज पाण्डेलाई खैरहनीबाट र लक्ष्मी न्यौपानेलाई रत्ननगरबाट गिरफ्तार गरिएको थियो। प्रहरीले विप्लबका नेता कार्यकर्तामाथि निगरानी बढाउँदै लगेको छ। 

प्रकाशित: ३ मंसिर २०७४ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App