१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक अभ्यासलाई बिथोल्न उम्मेदवारमाथि आक्रमण : ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन्। 

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले उम्मेदवारलाई सुरक्षित एवं निर्वाध रुपमा निर्वाचनको कार्यक्रममा सहभागी हुन सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए। 

उनले मुलुकको विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवार माथि सांघातिक आक्रमण हुँदा वर्तमान सरकार मौन बसेको आरोप लगाउँदै वर्तमान सरकार नै निर्वाचनको मिति पर सार्न लागिपरेको उल्लेख गरे।
 
एक प्रश्नको जवाफमा उनले सरकारले खुल्ला रुपमा राज्यकोष दुरुपयोग गरी निर्वाचनलाई प्रभावित गर्ने कार्य भइरहेकोे बताउँदै निर्वाचनपछि बन्ने सरकारले यसबारे छानबीन गर्ने र दोषीमाथि कारबाही हुनेछ भने। 

एमाले अध्यक्ष ओलीले सरकारबाट निर्वाध रुपमा निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोगले प्रभावकारी ढंगले अनुगमन कार्य नगरेको विचार व्यक्त गरे। 

उनले आगामी निर्वाचन पश्चात बन्ने वाम गठबन्धनको सरकारले भ्रष्टाचार नियन्त्रण गरी विकासको प्रतिफल जनतासम्म पुर्‍याउने दाबी गरे। 

प्रकाशित: २ मंसिर २०७४ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App