१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेसीसहरमा अस्पताल नजिकै शंकास्पद वस्तु फेला

बेसीसहरमा शंकास्पद वस्तु फेला परेपछि हेर्न आएका स्थानीय बासिन्दा, सञ्चारकर्मी र सुरक्षाकर्मीको भीड । तस्बिर: किसान संगीत नेपाली

लमजुङ – प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा बेसीसहरमा शंकास्पद वस्तु फेला परेको छ ।

सदरमुकाम बेसीसरहस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउचाउको कार्टुनमा विद्युतीय तार जोडेको र भित्र चिया पकाउने किट्ली राखेको अवस्थामा उक्त वस्तु भेटिएको हो । 

शंकास्पद अवस्थामा सो कार्टुन भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरका थिए । विष्फोटक वस्तु हुन सक्ने भएकाले प्रहरीले सेनालाई खबर गरेको र उदीपुरस्थित श्रीजंग गणबाट विष्फोटक पदार्थ डिस्पोजल टिम आएर डिस्पोज गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पदमबहादुर विष्टले बताए । 

अस्पताल र बजारको विचमै शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासी र अस्पतालमा आएका विरामी तथा आफन्तहरू त्रसित बनेका छन् । कतिबेला पड्किने हो र मानवीय तथा भौतिक क्षति पुग्ने त्रास स्थानीयमा फैलिएको छ । सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए । 

देशका अन्य भागमा उम्मेदवार लक्षित आक्रमण तथा विष्फोटन गराइएको अवस्थामा यहाँ पनि शनिबार विहानै बेसीसहर आसपासका गाउँसहर र बाँझाखेतका क्षेत्रमा ठूलो आवाजमा विष्फोट गराइएको आवाज आएको छ । विष्फोटको आवाज र बेसीसहरमा शंकास्पद वस्तु भेटिएपछि निर्वाचन विरोधी शक्तिहरूले घटना घटाएको हुन सक्ने आशंका जिल्ला सुरक्षा समितिले गरेको छ । किटानी गरेर यसैले भन्न सक्ने अवस्था नभएको सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी युवराज मैनाली बताउँछन् ।

प्रकाशित: २ मंसिर २०७४ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App