२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जलवायु परिवर्तनमा अमेरिकाको प्रतिस्थापन युरोपेली मुलुकले गर्छन्ः राष्ट्रपति माकरोन

बोनस्थित विश्व सम्मेलन केन्द्रको बुला जोनमा भएको विशेष सेगमेन्टलाई सम्बोधन गरेर हलबाट बाहिर निस्किएका फ्रान्सेली राष्ट्रपति माकरोन पत्रकार र प्रसंशकहरुको घेराबन्दीमा । तस्विर: सुबाेध गाैतम

बोन (जर्मनी) – फ्रान्सेली राष्ट्रपति इम्मानुयल माकरोनले जलवायु परिवर्तनप्रतिको अमेरिकी दृष्टिकोणलाई चुनौती दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्स् जलवायु परिवर्तनको मुद्दामा पछाडी हटेपछि माकरोनले युरोपेली मुलुकहरु अमेरिकालाई प्रतिस्थापन गर्न तयार रेको उनले बताए ।

जलवायु परिवर्तनसम्बन्धी २३ औं पक्ष राष्ट्रहरुको सम्मेलनको १० औ दिन बुधबार साँझको विशेष सेगमेन्टलाई सम्बोधन गर्दै अमेरिकाका तत्कालिन राष्ट्रपति बाराक ओबामाले व्यक्त गरेका वित्तिय सहयोगको प्रतिवद्धतालाई आफुले निरन्तरता दिने उद्घोष गरेका थिए । उनले अमेरिका पछि हटेपनि यस मुद्दालाई युरोपेली मुलुकहरुले प्रभावकारी रुपमा अघि बढाउने बताए ।

‘अमेरिकाले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि अन्र्तगतको वैज्ञानिक निकायलाई हरेक बर्ष दिने भनेको दुई मिलियन डलर अब हामीले दिन्छौ, उनले बढो उत्साहका साथ भने, ‘युरोपेली मुलुकहरुले अमेरिकी अनुपस्थितीको प्रभाव पर्न दिने छैनन ।’

जलवायु परिवर्तनसम्बन्धी २३ औं पक्ष राष्ट्रहरुको सम्मेलनको १० औ दिन बुधबार साँझको विशेष सेगमेन्टलाई सम्बोधन गर्दै अमेरिकाका तत्कालिन राष्ट्रपति बाराक ओबामाले व्यक्त गरेका वित्तिय सहयोगको प्रतिवद्धतालाई आफुले निरन्तरता दिने उद्घोष गरेका थिए । उनले अमेरिका पछि हटेपनि यस मुद्दालाई युरोपेली मुलुकहरुले प्रभावकारी रुपमा अघि बढाउने बताए ।

अमेरिकाले दुई बर्षअघि पेरिस सम्झौता भए पछि युनएनएफसीसीसीको वैज्ञानिक निकाय आइपीसीसीलाई हरेक बर्ष दुई मिलियन डलर दिने  प्रतिवद्धता जनाएको थियो । तत्कालिन ओबामा प्रशासनको यो प्रतिवद्धतालाई अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पले निरन्तरता दिएनन । जलवायु परिवर्तनका असर तथा प्रभावहरु हुदैनन् भन्ने एजेण्डालाई स्थापित गर्ने प्रयासमा रहेका डोनाल्डले पछिल्ला दिनहरुमा यस मुद्दामा कुनैपनि वित्तिय सहयोग नगर्ने बताउदै आएका छन् । जलवायु परिवर्तनसम्बन्धी विगतका सहयोगहरु कटौती गरेका छन् ।

माकरोनले जलवायु परिवर्तनको वास्तविकता पत्तालगाउन र यसबारे स्पष्ट निर्णय लिनका लागि वैज्ञानिक अध्ययन र तथ्याङ्कहरु आवश्यक पर्ने भएकाले पनि आइपीसीसी एउटा महत्वपूर्ण निकाय भएको बताए । ‘तरपनि अमेरिका वित्तिय सहयोग प्रत्याभूति नदिएपछि यो निकाय संकटमा परेको छ । त्यसैले युरोपेली मुलुकले अमेरिकालाई प्रतिस्थापन गर्छन भनेको हु । फ्रान्स यो चुनौती लिन तयार छ’, उनले बडो उत्साहपूर्वक भने ।

विशेष सेगमेन्टमा सहभागी राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले यसलाई ‘बोल्ड’ भाषण भनेर प्रतिक्रिया दिएका छन् । उनले अमेरिकी अनुपस्थितीको प्रभाव र वित्तिय स्रोतको कमी हुन नदिने प्रतिवद्धतालाई फेसबुकमा ‘बोल्ड’ भाषणका रुपमा इंकित गरेका छन् । उक्त सम्बोधनका बेला नेपालका तर्फबाट वातावरण मन्त्री मिथिला चौधरीको पनि उपस्थित थिइन ।

‘पेरिस सम्झौता यो मुद्दालाई सम्बोधन गर्ने सुरुवात मात्र हो, हामी यो सम्झौतालाई कुनैपनि हालतमा कार्यान्वयन गर्नेछौ’, दुई बर्ष अघि आफ्नो देशको राजधानीमा पेरिसमा भएको सम्झौताहरु उल्लेख गर्दै माकरोनले भने ।

विशेष सेगमेन्टमा सहभागी राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले यसलाई ‘बोल्ड’ भाषण भनेर प्रतिक्रिया दिएका छन् । उनले अमेरिकी अनुपस्थितीको प्रभाव र वित्तिय स्रोतको कमी हुन नदिने प्रतिवद्धतालाई फेसबुकमा ‘बोल्ड’ भाषणका रुपमा इंकित गरेका छन् । उक्त सम्बोधनका बेला नेपालका तर्फबाट वातावरण मन्त्री मिथिला चौधरीको पनि उपस्थित थिइन ।

राष्ट्रपति माकरोनले जलवायु परिवर्तन सम्बन्धी लक्ष्य हासिल गर्न युरोपेली उद्योगहरुको करको दायरा बढाउने र प्रतिटन कार्बनको मूल्य ३० डलरसम्म बनाउने प्रतिबद्दता पनि जनाए । उनले युरोपेली उद्योग जगतलाई पनि बचाउने र जलवायु परिवर्तनको असर पनि निस्तेज पार्ने योजनामा आफुहरु रहेको आशय व्यक्त गरे ।

कार्यक्रममा सम्मेलनको उप–आयोजक जर्मन चान्र्सलर एन्जेला मार्केललगायतले प्रतिवद्धता जनाएका थिए । उनले जर्मनले सन् १९९० लाई आधार मानेर सन् २०२० सम्म ४० प्रतिशत कार्बन कटौती गर्ने बताइन् ।

सम्मेलनलाइ म्बोधन गरेर हलबाट बाहिर निस्किएका फ्रान्सेली राष्ट्रपति माकरोन पत्रकार र प्रसंशकहरुको घेराबन्दीमा । सबै तस्विर: सुबोध गौतम

 

बोनस्थित विश्व सम्मेलन केन्द्रको बुला जोनमा भएको विशेष सेगमेन्टलाई सम्बोधन गरेर हलबाट बाहिर निस्किएका फ्रान्सेली राष्ट्रपति माकरोन पत्रकार र प्रसंशकहरुको घेराबन्दीमा । तस्विर: सुबाेध गाैतम
बोनस्थित विश्व सम्मेलन केन्द्रको बुला जोनमा भएको विशेष सेगमेन्टलाई सम्बोधन गरेर हलबाट बाहिर निस्किएका फ्रान्सेली राष्ट्रपति माकरोन पत्रकार र प्रसंशकहरुको घेराबन्दीमा । तस्विर: सुबाेध गाैतम
बोनस्थित विश्व सम्मेलन केन्द्रको बुला जोनमा भएको विशेष सेगमेन्टलाई सम्बोधन गरेर हलबाट बाहिर निस्किएका फ्रान्सेली राष्ट्रपति माकरोन पत्रकार र प्रसंशकहरुको घेराबन्दीमा । तस्विर: सुबाेध गाैतम
बोनस्थित विश्व सम्मेलन केन्द्रको बुला जोनमा भएको विशेष सेगमेन्टलाई सम्बोधन गरेर हलबाट बाहिर निस्किएका फ्रान्सेली राष्ट्रपति माकरोन पत्रकार र प्रसंशकहरुको घेराबन्दीमा । तस्विर: सुबाेध गाैतम
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App