१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाबे सैनिक नियन्त्रणमा

हरारे– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई घरभित्रै नजरबन्दमा राखी जिम्बाबे सेनाले मुलुकलाई नियन्त्रणमा लिएको छ । सेनाले बुधबार सरकारी सञ्चार माध्यमहरू सैनिक नियन्त्रणमा लिएको थियो । त्यसपश्चात् बिहीबार राष्ट्रपति मुगाबेलाई घरमा नजबन्द गरी सैनिक शासन चलाएको हो ।
बुधबार जिम्बाबेको राजधानी हरारे नजिकै बम विष्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
जिम्बाबेका राष्ट्रपति ९३ वर्षीय  रोबर्ट मुगाबेले उप राष्ट्रपतिलाई पदबाट बर्खास्त गरेपछि पछिल्लो समय जिम्बाबेमा राजनीतिक संकट देखा परेको थियो । ९३ वर्षीय मुगाबे संसारका सबैभन्दा पाका शासक हुन् ।
राष्ट्रपति मुगाबेले जिम्बाबे सेनाको उक्त कदमलाई सैनिक कूको संज्ञा दिएका छन् । केही दिन अगाडिमात्रै सरकारी सैनिक प्रमुखले जर्बजस्ती उपराष्ट्रपतिलाई पदबाट हटाइएको सरकारी कदममाथि  सैनिक हस्तक्षेप गरिने चेतावनी दिएका थिए ।

 

प्रकाशित: ३० कार्तिक २०७४ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App