१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जुम्लामा मतदाता शिक्षा सामग्री लुटियो

जुम्ला– जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामग्री लुटिएको छ । रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामग्री अज्ञात समूहले लुटेको हो । मतदाता शिक्षा स्वयंसेवक जयशंकर चौँलागाई र राधा श्रेष्ठले मतदातालाई मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बीच बटोमा सामग्री लुटिएको उनीहरुले बताएका छन् ।   
मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि जिल्लाका प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा स्वयं सेवक परिचालन गरिएको छ । निर्वाचन शिक्षा कार्यक्रमको सामग्री लुटिएकोले काम गर्न असहज भइरहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौँलागाईले निर्वाचन शिक्षा सामग्री पठाउन लागिएको प्रतिक्रिया दिए ।   
मतदातालाई निर्वाचन शिक्षा दिन जानेक्रममा अवरोध सिर्जना भएको प्रतिक्रिया दिएको छ । सामग्री लुटिएको घटनालाई मध्यनजर गरेर थप सुरक्षा कर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले जानकारी दिए । उनका  अनुसार वाग्लो प्रहरी परिचालन गरेर मतदातालाई सुरक्षाको अनुभति दिलाउने पहल भइरहेको छ । ‘सिजा क्षेत्रमा  नेपाली सेना परिचालन गरिने छ,’ उनले भने,  ‘जिल्लाको सुरक्षा संवेदनशिलताको आधारमा सुरक्षाकर्मीहरु परिचालन गर्ने कार्य भइरहेको छ । निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सुरक्षा सतर्कता बढाइसकिएको छ । ढुक्कसँग मतदातालाई निर्वाचनमा सहभागिता हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

 

प्रकाशित: ३० कार्तिक २०७४ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App