१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मिनीट्रक दुर्घटनामा ८ घाइते

मञ्जु उप्रेती

रामेछाप–सदरमुकाम मन्थलीबाट जिल्लाको बिजुलीकोट र नागदह गाविसको सीमानामा रहेको धोवी बजारतर्फ जाँदै गरेको बा २ ख ११६८ नम्बरको मिनीट्रक बुधबार विहान नागदह गाविस–  ७ घ्याङडाडामा  दुर्घटना हुँदा त्यसमा यात्रा गरिरहेका ८ व्यक्ति घाइते भएका छन्।

घाइते हुनेहरुमा सर्लाही जिल्ला घर भएका अलौदी लहदे, विजय साह, सत्यनारायण ठाकुर, रविन्द्र ठाकुर, मोहन साह, मन्ताज साह, महोत्तरी जिल्ला घर भएका मदन गोसाइ र मन्थलीका सुरज श्रेष्ठ घाइते रहेका छन्। घाइते मध्ये गम्भिर बनेका सत्यनारायण ठाकुर, रविन्द्र ठाकुर र मदन गोसाइलाई बुधबार विहान नै मन्थली स्थित तामाकोशी सहकारी अस्पताल पुर्याएर काठमाडौं पठाइ सकिएको छ । अन्य घाइतेको तामाकोशी सहकारी अस्पतालमा नै उपचार भइरहेका छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सक केशबसिंह धामीले जानकारी दिए ।
सदरमुकाम मन्थलीबाट बुधबार धोवीमा लाग्ने साप्ताहिक हाटका लागि मान्छे लिएर जादै गरेको सो ट्रक पछाडिको गाडीलाई बाटो दिने क्रममा सडकबाट केही तल खसेको थियो ।  

 

प्रकाशित: १९ श्रावण २०७३ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App