१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

र्याम्प नाप्दै नेपालका चर्चित मोडल

काठमाडौं–नेपालका चर्चित मोडलले आउँदो शनिबार ¥याम्पमा आफ्नो जादू छर्ने भएका छन् । ‘सूर्य फेसन शो एन्ड एक्जिवीसन’ शीर्षकमा मोडलहरुले याक एन्ड यतिको हलमा कौसल देखाउन लागेका हुन् । कार्यक्रममा १६ जना मोडलहरुले सहभागिता जनाउने कार्यक्रम संयोजक विकास खतिवडाले जानकारी गराए ।

नेपालमा चाडपर्वको मौसम सुरु भएकाले चाडपर्वमा लगाउने नयाँ डिजाइनका लुगाहरु प्रदर्शन गर्ने लक्ष्यसाथ फेसन शोको आयोजना गरिएको हो । र्याम्पमा उत्रने मोडलले लेहेङगा, सारी तथा कुर्ताका नयाँ नयाँ डिजाइन प्रस्तुत गर्नेछन् ।
फेसन शोमा नेपालका चर्चित मोडलहरु सिर्जना रेग्मी, सविता कार्की, शिक्षा संग्रौला, शिक्षा शाक्य, मुना गौतम, अस्मिता श्रेष्ठ, अलिशा कुँवर आदिले सहभागिता जनाउने छन् । फेसन शोमा सुपर मोडल आस्था पोखरेल भने शो स्टपरको रुपमा ¥याम्पमा उपस्थित हुनेछिन् । थुप्रै अन्तराष्ट्रिय मन्चमा समेत मोडलिङको अनुभव सँगालेकी आस्था सिंगापुरमा भएको एसियाज नेक्स्ट टप मोडलका पांँचौ स्थानमा , आउन सफल भएकी थिइन् भने सन् २०१५को किंगफिसर क्यालेन्डरमा स्थान पाउने मोडल हुन् ।  

याक एन्ड यति होटलमा हुने फेसन शो बेलुकी ६ बजे सुरु हुनेछ । फेसन शोलाई आयुशी शाहले कोरियोग्राफ गरिरहेकी छिन् भने फेसन शोलाई इनोभेटिभ इन्टरटेनमेन्टले व्यवस्थापन गर्न लागेको हो ।

विकास खतिवडाले फेसन शोले चाडपर्वमा नयाँ डिजाइनका लुगा लगाउन शौखिनले फाइदा लिन सक्ने बताए ।
‘तीज, दशैं, तिहार जस्ता पर्वमा लगाउन मिल्ने महिलाका पहिरनलाई ध्यानमा राखेर हामीले डिजाइन तयार गरेका छौं । चाडपर्वमा नयाँ नयाँ डिजाइनका लुगा लगाउन चाहाने महिलाहरुलाई फेसन शोले छनौटको अवसर दिने विश्वास राखेका छौं, ’ विकासले भने ।

 

 

प्रकाशित: १९ श्रावण २०७३ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App