१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छिन्नमस्तामा आगलागी हुँदा  दश लाखको क्षति

राजविराज – सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा आज आगलागी हुँदा करिब रु दश लाख मूल्य बराबरको क्षति भएको छ। 

स्थानीयवासी वकिल मिश्रका घरमा बालेको दियोबाट अचानक सल्केको आगोबाट मिश्रको गाई गोठसहित चार घर जलेर नष्ट भएको स्थानीयवासीले जनाएका छन्। 

सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगदमा क्षति पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताले जनाएको छ। सो आगलागीमा परी दुई गाईगोरुसमेत जलेर घाइते भएको पीडितले जनाएका छन्। आगलागी स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको दमकलले नियन्त्रणमा लिएका थिए। 

यसैबीच सप्तरी निर्वाचन क्षेत्र नं २ को (ख) प्रदेश सभा सदस्य राजपा –फोरम गठबन्धनका उम्मेदवार शैलेन्द्रप्रसाद साहले पीडितको घर पुगेर आगलागीको अवस्थाबारे जानकारी लिए। 

प्रकाशित: २९ कार्तिक २०७४ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App