१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा समलिंगी विवाहले कानुनी मान्यता पाउँदै

सिड्नी – समलिंगी विवाहबारे भएको जनमत संग्रहमा करिब ६३ प्रतिशत मत विवाहको पक्षमा देखिएपछि अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको छ  । समलिंगी विवाहबारे नयाँ कानुन निर्माणका लागि अस्टे«लियामा जनमत संग्रह भएको थियो ।

समलिंगी विवाहबारेको कानुनमा परिमार्जन गरिनुपर्ने पक्षमा बृहत प्रदर्शन भएलगत्तै जनमत संग्रह गरिने घोषणा अष्ट्रेलियन सरकारले गरेको थियो । जनमत संग्रहमा मत जाहेर गर्नका लागि कोही कसैलाई पनि बाध्यकारी  नबनाईएको अष्ट्रेलियाका संञ्चार माध्यमहरूले जनाएका छन् । समलिंगी विवाहबारे अष्ट्रेलियामा चलेको बहसलगत्तै उक्त विषयमा जनमत संग्रहको अपिल गरिएको थियो ।

समलिंगी विवाहको विपक्षमा देखिएका  अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबटले आलोचना खप्नु परेको थियो ।अस्ट्रेलियालाई विश्वको एक उदारवादी  व्यवस्था भएको देशका रूपमा लिइने गरिन्छ । सन् २००४ मा अष्ट्रेलियामा जारी गरिएको विवाह सम्बन्धी नयाँ नियमले समलिंगी विवाहको अधिकारमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित: २९ कार्तिक २०७४ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App