खोटाङ, कार्तिक २८ – आसन्न निर्वाचनका लागि खोटाङमा म्यादी प्रहरीलाई खटाइएको छ । तालिमलगत्तै सदरमुकाम दिक्तेलमा राखेर गस्तीमा खटिँदै आएका नौ सय ८२ म्यादी प्रहरीलाई सोमबारदेखि कार्यक्षेत्रमा खटाइएको हो ।
म्यादी प्रहरीलाई आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मतदानस्थल र मतदान केन्द्रको सुरक्षार्थ ईलाका प्रहरी कार्यालयमार्फत परिचालन हुनेगरी बुथ तोकेर खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । बाँकी रहेका म्यादी प्रहरीलाई मंगलबारदेखि कार्यक्षेत्रमा खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट ईलाका प्रहरी कार्यालय हुँदै प्रहरीचौकी पुग्ने म्यादी प्रहरीलाई निर्वाचन अवधीभर सो क्षेत्रको मतदान स्थल, मतदान केन्द्र र बुथको सुरक्षार्थ खटाइने छ । ‘बुथको सुरक्षार्थ खटाउनेगरी म्यादी प्रहरीलाई इलाका प्रहरी कार्यालय पठाइएको छ,’ डिएसपी थापाले भने, ‘ईलाका प्रहरी कार्यालयबाट उनीहरुलाई प्रहरीचौकीमा पठाइनेछ । प्रहरीचौकीबाट केही दिनमा बुथमा खटाइेछ ।’ म्यादी प्रहरीहरु गस्तीमा समेत खटिने छन् । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयमार्फत ९८२ म्यादी प्रहरीका लागि आवेदन आव्हान गरिएकामा २ हजार २१ जनाको आवेदन परेको थियो । निर्वाचनका लागि खोटाङका एक सय ३६ मतदान स्थल र १७९ मतदान केन्द्र तोकिएका छन् ।
१ हजार ४३२ कर्मचारी खटाइदै
आसन्न निर्वाचनका लागि खोटाङमा १ हजार ४३२ कर्मचारी खटाइने भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउनका लागि कर्मचारीको कार्यक्षेत्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत सहित ८ जना कर्मचारी खटाउनेगरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यक्षेत्र तोकिएका कर्मचारी निर्वाचन सामग्री सहित मंसिर ७ गतेभित्र मतदानस्थलमा पुगेर सुचना टाँस गर्ने जिल्ला निर्वाचन अधिकारी खत्रीले बताए ।
निर्वाचनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘हामीले मतदातालाई निर्भयताकासाथ मत हाल्ने सुरक्षा व्यवस्था मिलाएका छौं,’ प्रजिअ अधिकारीले भने, ‘हरेक बुथमा पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, दोश्रो घेरामा शसस्त्र र तेश्रो घेरामा नेपाली सेना राखेर सुरक्षा प्रवन्ध मिलाएका छौं ।’
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत