अमेरिकामा नेपाली विद्यार्थी

विद्यार्थी बाहिरिने क्रम बीस प्रतिशतले बढ्यो

बुधबार, २९ कार्तिक २०७४, ११ : ०४ नागरिक

काठमाडौँ – अमेरिकी कलेज तथा विश्‍वविद्यालयमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये नेपाली विद्यार्थीको सङ्ख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको यस वर्षको ओपन डोर्स रिपोर्टले देखाएको छ ।

अमेरिकी उच्च शिक्षा संस्थाहरूमा नेपाली विद्यार्थीहरूको भर्नामा २० प्रतिशत प्रतिशत वृद्धि भई कुल सङ्ख्या ११ हजार ६०७ पुगेको रिपोर्टमा उल्लेख छ । स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने शीर्ष २५ मुलुकमध्ये नेपाल १२औँ स्थानमा छ । स्नातक तहमा अध्ययनरतमध्ये ४२.२ प्रतिशत नेपाली विद्यार्थी छन्, जुन २५ देशमध्येकै सबैभन्दा उच्च वृद्धि हो । अमेरिकामा हाल १० लाख ८० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन्, जुन अहिलेसम्मकै उच्च सङ्ख्या हो ।

“हरेक वर्ष शैक्षिक तथा व्यावसायिक विकासका लागि उपलब्ध अवसरको लाभ लिन हजारौँ नेपाली विद्यार्थीहरू अमेरिका जान्छन् । आफ्नो परिश्रम, अध्ययन गर्ने विषय बारे उपयुक्त सोचविचार, सचेत आर्थिक योजनाका साथै राम्रो ग्रेड र टेस्ट स्कोर सहितको शैक्षिक रेकर्डका कारण उनीहरू त्यहाँ पुगेका हुन्” कार्यवाहक अमेरिकी राजदूत माइकल गोन्जालेसले भने ।

ओपन डोर्सले सार्वजनिक गरेको यस नयाँ तथ्याङ्कले युनाइटेड स्टेट्स एजुकेशन फाउन्डेशनस्थित एजुकेशन युएसए कार्यालय जस्ता योग्यताप्राप्‍त परामर्श केन्द्रमार्फत अमेरिकी उच्च शिक्षा हासिल गर्ने शैक्षिक रूपमा योग्य नेपाली विद्यार्थीहरूको सफलता अङ्कित गरेको छ ।

इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोद्वारा वार्षिक रूपमा प्रकाशित हुने सो रिपोर्टले अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग सम्बन्धित प्रवृत्तिको निरीक्षण गर्दछ ।अमेरिकी विदेश मन्त्रालय र अमेरिकी शिक्षा मन्त्रालयद्वारा संयुक्त रूपमा मनाइने अन्तर्राष्ट्रिय शैक्षिक साताको अवसर पारेर समेत उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । 

 






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad