वाम उम्मेद्वार रार्इकाे गाडीमा बम प्रहार

बुधबार, २९ कार्तिक २०७४, ०८ : १९ एक्सन राई

भोजपुर – चुनावी सभाका लागि जानेक्रममा एमाले नेता, पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा भोजपुर क्षेत्र नं २ का प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ। 

मंगलबार बिहान ९ः ५० बजे टेम्के मैयुङ गाउँपालिका–६ कोटको गुम्बामा राईमाथि आक्रमण भएको हो । आक्रमणमा परी राईका सुरक्षा गार्ड असई डिल्ली देवकोटाको बायाँ हातमा गम्भीर चोट लागेको छ । राई भने सकुशल रहेका छन् । भोजपुर सदरमुकामदेखि पश्चिम टेम्के मैयुङ गाउँपालिका–८, गोगनेको चुनावी सभामा जाने क्रममा राईलगायत अन्य कार्यकर्ता सवार बा १५ ज ५६०८ नम्बर को ल्याण्डरोभर गाडीमा सकेट बम आक्रमण भएको थियो। 

स्थानीय सुदन राईका अनुसार गुम्बामा रहेको होटलबाट करिब एक किलोमिटर टाढा रहेको घुम्तीको उकालोमा आक्रमण भएको हो । सडकमाथि भिरमा कुरेर बसेका आक्रमणकारीले पहिले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारलगत्तै सकेट बम प्रहार भएको थियो । सकेट बमपछि गोली प्रहार भएको भिमबहादुर श्रेष्ठले बताए ।  गोली प्रहार भएपछि राईलाई गाडीभित्रै राखेर अंगरक्षक डिल्ली देवकोटाले जवाफी फायर खोलेका थिए । उनले २१ राउन्ड फायर गरेपछि आक्रमणकारी भागेका थिए । सुरुमा विद्युत्को ट्रान्सफरमर पड्के जस्तो आवाज आएको, धुँवा र धुलोको मुस्लोसहित गोली पड्केको आवाज आएको प्रत्यक्षदर्शी सुदन राईले बताए । कलाकार र उम्मेदवारसहित चारवटा गाडी आमसभाका लागि जाँदै थिए । कलाकारको गाडी अगाडि गइसकेपछि राई चढेको गाडिमाथि आक्रमण भएको सँगैरहेका समानुपातिक उम्मेदवार सिर्जना राईले बताइन् । आक्रमणपछि पनि राई चुनावी सभालाई सम्बोधन गर्न गोगने पुगेका थिए। 

बम आक्रमण गर्ने समूहबारे नखुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिए । घटनालगत्तै सुरक्षाटोली त्यसतर्फ खटाइएको छ । आक्रमणबाट गाडीमा नराम्ररी क्षति पुगेको छ । आक्रमणको कसैले जिम्मेवारी नलिएको प्रहरी जनाएको छ । घटनापछि प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहितको सुरक्षा टोली घटनास्थलमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारीले बरालले घटनापछि सुरक्षा चुनौती थपिएको बताए । अबको उमेदवारको सुरक्षाका लागि आवश्यक सहकार्य गरेर सुरक्षित रूपमा कार्यक्रम गर्ने वातवरण बनाइने बताए । घटना घटाउने नेपाल कम्युनिष्ट पार्टी (विप्लप) समूह हुनसक्ने उनको अनुमान छ । घटनापछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको गस्ती टोली परिचालन गरिएको छ। 

‘बम प्रहार सुनियोजित’ 
उम्मेदवार शेरधन राईले आफूलाई मार्नेगरी सुनियोजित तरिकाले बम हानिएको प्रतिक्रिया दिएका छन् । भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार राईले बम प्रहारको घटनापछि भने, ‘मलाई सिध्याउने गरी सुनियोजित रूपमा बम हानियो।’ 

नेता राईले घटनालाई आफूले गम्भीर हिसाबले लिएको बताए । उनले भने, ‘यो घटनालाई मैले गम्भिरतापूर्वक लिएको छु, मैले सानैदेखि भोजपुर र भोजपुरे जनताको सेवा गर्दै आएको छु । मेरो पहिचान र परिचय भोजपुरमा निष्कलंक नेताका रूपमा छ । मैले जानेर आजसम्म गल्ती गरेको छैन । निष्ठा र इमानकासाथ जनताको सेवा गरिरहेको मान्छेलाई सिध्याउने गरी बम हानेको यो घटनाले दुःखी बनाएको छ ।’ एमालेबाट पूर्वमन्त्री राईलाई प्रदेश नम्बर एकको मुख्यमन्त्रीको उमेदवारका रूपमा हेरिएको छ। 

राईले भने, ‘मलाई सबैले भावी मुख्यमन्त्रीको रूपमा हेरिरहनु भएको छ । यस्तो अवस्थामा मलाई सिध्याउन खोजिएको छ ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । ‘हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेशसभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको सांघातिक आक्रमणलाई हाम्रो पार्टीले गम्भिरतापूवर्क लिएको छ । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणका रूपमा लिएका छौं,’ अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै भनेका छन् ।  ‘घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमण नियन्त्रण गर्न सचेत गराउँछौं ।’ नेकपा एमाले जिल्ला कार्यसमिति भोजपुरले पनि घट्नाको भत्र्सना गर्दै आक्रमणकारिहरुको अविलम्ब पहिचान गरी प्रक्राउ गर्न र दोषीउपर कारबाही गर्न माग गरेको छ। 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad