१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपा नेपालले दाहालकाे विपक्षमा मतदान गर्ने

काठमाडौँ-प्रधानमन्त्रीका लागि आज हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । उक्त पार्टीका २५ जना सांसद छन्।

उक्त दलको केन्द्रीय समिति र संसदीय दलको सिंहदरबारमा बसेको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सदस्यलाई प्रधानमन्त्रीको उम्मेदवारको विपक्षमा मतदान गर्ने ‘व्हिप’ जारी गरेको अध्यक्ष एवम् संसदीय दलका नेता कमल थापाले जानकारी दिए।

उनले भने– “हाम्रो अगाडि एकातिर पार्टीको नैतिकता र आर्दश थियो भने अर्काेतर्फ सत्ता थियो, सत्ता र आर्दशबीचको छनोटमा आर्दश र नैतिकताको पक्षमा उभिने निर्णय गरेका छौँ ।”

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सहयोग र सहकार्यका लागि गरेको आग्रहप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो पार्टीले रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने निर्णय गरेको बताए।

राप्रपासँगको एकीकरण अन्तिम चरणमा पुगिसकेको जनाउँदै बैठकले एकताको लागि आह्वान गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए। रासस

प्रकाशित: १९ श्रावण २०७३ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App