१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोकर्णमा पेस्तोलसहित युवक पक्राउ

काठमाडौँ,  कात्तिक २८ – गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित सोमबार पक्राउ गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो ।

गोकर्णमा प्रहरीले जाँच गर्ने क्रममा बा ८८ प ८२८४ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट उक्त हातहतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २८ कार्तिक २०७४ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App