१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राख्दै र्‍याली

इटहरी-प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राखेर शनिबार इटहरीमा शान्ति र्‍याली प्रदर्शन गरिएको छ। दुई सातादेखि इटहरी तथा आसपासका प्राध्यापक, नागरिक समाजका अगुवा, सामाजिक संस्थाका अगुवा, राजनीतिक दलको नेतृत्वकर्ता, अधिकारकर्मी, स्थानीय निकायलगायतले इटहरीलाई राजधानी बनाउन विभिन्न खाले कार्यक्रम गदैं आएकोमा शान्ति र्‍याली निकालिएको हो।

अहिले प्रदेश नं. १ मा चर्चामा रहेका विराटनगर, इटहरी, धरान र धनकुटामध्ये इटहरी उपयुक्त भएको जनाउँदै राजधानी सरोकार समाज इटहरीले शान्ति र्‍याली निकालेको हो। र्‍याली इटहरीको चरौस्ता बजार परिक्रमा गरेपछि कोणसभामा परिणत भएको थियो। कोणसभामा मंसिर २१ गते हुन लागेको निर्वाचनमा उम्मेदवार बनेका प्रतिनिधीसभा र प्रदेश सभा सुनसरी क्षेत्र नं. २ र ३ का उम्मेदवारले सम्बोधन गरे । सम्बोधनका क्रममा उम्मेदवारले जसरी पनि इटहरीलाईं प्रदेशको राजधानी बनाएर छाड्ने प्रतिबद्दता जनाए।

इटहरी उपमहानगरपालिकाका मेयर द्दारिकलाल चौधरीको नेतृत्वमा गठित राजधानी सरोकार समाजले विभिन्न चरणबद्द कार्यक्रम गर्ने क्रममा शनिबार शान्ति र्‍याली निकालेको हो।

सरकारले यतिबेला सातववटै प्रदेशका अस्थायी प्रदेशस्तरीय राजधानी तोकी पनि सकेको छ। अब निर्वाचनपछि प्रदेशसभा गठनपछि प्रदेश सरकार र राजधानीको टुंगो लगाउनेछ।

प्रकाशित: २५ कार्तिक २०७४ ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App