१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्यासमा २५, पेट्रोल–डिजेलमा २ रुपैयाँ भाउ घट्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य घटेसँगै निगमले मूल्य घटाएको हो।

पेट्रोल, डिजेल, मट्टितेलमा प्रति लिटर २ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।

पेट्रोलको मूल्य प्रतिलिटर ९९ बाट ९७ रुपैयाँ, डिजेल, मट्टितेलको ७५बाट ७३ रुपैयाँ र ग्यास प्रति सिलिनडर १४सय रुपैयाँबाट १३ सय ७५ रुपैयाँमा झरेको निगमले जनाएको छ ।

 

प्रकाशित: १८ श्रावण २०७३ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App