१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

‘महान् सांस्कृतिक सुधारक’

डा. चन्द्रकुमार सेर्माको फोटो हिजोको डेली फोटोमा छ है । तस्बिरः दीपेश श्रेष्ठ

किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा मुन्धुमविद्–ज्योतिर्विद् हुन् । ‘किरात ज्योतिष: एक अध्ययन’ शीर्षकमा विद्यावारिधि गरेका सेर्मा मुन्धुम दर्शन र अध्यात्म ज्ञानका अध्येता हुन् । महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिलाउन लागिपर्ने उनीसँग फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीका सन्दर्भमा नागरिककर्मी हिमाल लम्सालले गरेको कुराकानी:
 
किरात सभ्यताको विकासक्रम कसरी भयो ?
विश्वका मानव सभ्यताक्रम सात शृंखलामध्ये चीन सभ्यता पनि हो, हामी किरातीहरूको मानव उत्पत्ति मनातेम्बे, मनाखाम्ना सिनलाई चीन भनिन्छ । मानवशास्त्रीहरूले पेकिङमानवले सम्बोधन गरेका मनासाःहरूको सभ्यता प्राचीन छ । काशीबाट सिन्धु घाँटी हुँदै सिमाङगढबाट प्रवेश गरेका काशीवंश, उत्तर हिमाल नाघेर ल्हासाबाट आउने ल्हासावंश, चीनबाट घुमाउरो बर्मा आसाम पूर्वीयबाट आएका ताइस्यान वंश त्रि–वंशी किरातहरूको सभ्यता दसौँ हजार वर्षपूर्वको छ । आदिमकाल, प्राचीनकाल, सभ्यतापूर्ण कालखण्डदेखि वर्तमान आधुनिक–अत्याधुनिक कालसम्म आइपुग्दा साङसभ्यता, किरात सभ्यताका मुन्धुमहरू अध्ययन गर्नुपर्छ । जसको प्रमाण वेद, मनुस्मृति, पुराण, रामायण र प्राचीन किरात इतिहास र मुन्धुमले पुस्ट्याइ गरेको पाइन्छ ।
लाजेदाङबा, खाम्बेकताङबा, सिङबुङदाङबाहरूको संस्कृतले “तत्पकुण्डं समारभ्य रामक्षेत्रान्तकं शिवेः । किरातदेशो बिज्ञेयो विन्ध्याशैलेऽवतिष्ठती ।।२९।। काश्मीरातु समारभ्य कामरुपान्तु पश्चिमे । भोटातु देशो देवेशि मानसेशाच्च दक्षिणे ।।३०।। मानेसेशद्धिपूर्व चीन देश प्रर्कीर्तितः । किरातदेशो विज्ञयो मानसेशाच्च दक्षिणे ।।३१।।” भनेको छ ।
पाकिस्तानको तप्तकुण्ड पूर्व, बर्मापश्चिम, चीन, तिब्बत पामीरगाँठो दक्षिण, भारतको विन्ध्याचल पर्वत उत्तर यति चार किल्ला ग्रेट किरातभित्र शिव, शंकर, भोले, गजन्नाथ, शम्भो, किरातेश्वर, महादव, पारुहाङ, थेबाको सभ्यता, सांस्कृतिक, धार्मिकताका उच्चाइ प्रमाण हुन् । जम्बूद्विपे उत्तर खण्डे कैरात देशे ! पृथ्वीश्चः किराते, नभैश्चः किराते, नदिश्चः किराते, बनैश्चः किराते, चारैक्षेत्र किराते आदि शब्दवाक्यांश पर्याप्त छ नि ।
– किरात सभ्यता नेपालभित्र कसरी सीमित हुन पुग्यो ?
महाभारतको युद्धपछि पाण्डवबाट पाएको भूमि त्यागेर यलम्बरको नेतृत्वमा काठमाडौँमा गोपाल–अहिरवंशी शासकमाथि विजय गरी ३२ पुस्तासम्म राज्य गर्ने लामो समय कुशल शासक किरातहरू नै हुन् । तिनताकाको सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, आर्थिक, प्रशासनिक, शैक्षिक अवस्था सुमधुर, सुस्वस्थ, स्वचरित्र थियो । उदाहरणीय मुद्रा, संग्रह, नियम, कानुन, मैत्रिवतको परिणति हो । यही किरातको अंश आज पनि वल्लो किरात, माझ किरात र पल्लो किरात भनी चिनोरूपी अंश छँदै छ ।
– किरातीहरू कसरी प्रकृतिपूजक ?
प्रकृति भन्नाले पञ्चतŒव, भौतिक महाभूतलाई भनिन्छ । जसमा पृथ्वी, आकाश, अग्नि, वायु, जल पर्छन् । यी पाँच अंग नपूज्ने र नमान्ने संसारमा को छ ? मानव, जीव, पशुप्राणी पञ्च प्रकृतिविना कोही बाँच्दैनन् । तर यहाँ ज्ञान जान्नुपर्ने प्रकृति सृष्टि संरचना गर्ने ‘गड’ वा ईश्वर तागेरानिङवाभूमाङ को हुन् भन्ने गहिराइ र उच्चाइमा नगई प्रकृति पूजकमै सीमित हुनु अज्ञान हो । परमात्मा परमेश्वरको बीजबाट ब्रह्माण्डका सम्पूर्ण सृष्टि भएका हुन् । विज्ञानले “हिक्स तत्व”ले ब्रह्माण्डको उत्पत्ति गरेको भन्ने नभएर “हिक्स तत्व” कसले ग¥यो भन्ने ईश्वरीय माङ निराकार, निरञ्जन, अदृश्य शून्यशान्य महातŒवको सन्दर्भ हो ।
–किरात दर्शनको उपज कस्तो हो ?
आदि अनादि बोनवादबाट प्रारम्भ हुँदै युगयुग काल कालान्तरमा सनातनभित्र महापुरुष ज्ञानीमुनिहरूले परिमार्जित परिभाषित गर्दै आएको सनातन धर्मजस्तै हिन्दू सनातन र किरात सनातन । अर्को बुद्ध, क्रिस्चियन, ईस्लाम, जैन, धर्महरू दार्शनिक वा प्रवक्ताबाट प्रवर्तन भएका हुन् ।
– धर्म किन चाहिन्छ ?
प्रश्न जटिल र गम्भीर छ । प्रकृतिको धारण गर्नेको नाम धर्म हो । सत्य, दया, शान्ति, अहिंसा, मोक्ष, मुक्ति एवं पुण्यको नाम हो, धर्म । तर धर्मलाई सेवन, ग्रहण र धनलाई मलम प्रयोग गर्नेमा उल्टो भएको प्रयोगकर्ता मानिसको कुनियत हो, धर्मप्रति अन्याय हो । वर्तमान– धर्म मलमझैँ दल्ने प्रयोगवादमा असत्यमा डुबाइएको छ भने धन ग्रहण सेवन, घुस खाने प्रवृत्तिमा भएकाले उल्टोलाई सुल्टो बनाउन धर्मगुरु, संघ, संगठन आध्यात्मिक भक्तजन र राज्यको कर्तव्य हो ।
सारमा भन्नुपर्दा “परम्परम्सत्ता कायम गर्नु मूलभूत उद्देश्य हो भने मानव परममोक्ष प्राप्त प्रमुख लक्ष्य हो ।
–महागुरु फाल्गुनन्दको सन्दर्भमा तपाईंको धारणा के छ ?
१६ औँ राष्ट्रिय विभूति मुहिगुम अङसीमाङ फाल्गुनन्दको १३३ औँ जन्मजयन्ती कात्तिक २५ गते सार्वजनिक बिदाइमा उहाँप्रति श्रद्धा, आस्था, भक्तिभाव, आत्मविश्वासपूर्ण माङसेवारो चढाउँछु । नेपालमा बुद्ध भगवान्पछि फाल्गुनन्दमाङ ईश्वरीय दूत मानव मुक्तिदाता, ज्ञानदाता र चेतनदाता हुन् । उनी महान् सांस्कृतिक सुधारक हुन् ।
१९८८–०१–२४ लोब्रेकुटीमा १७ थुम १० लिम्बूवानको चुम्लुङगरी ७ बुँदे सत्यधर्म मुचुल्का लेखी नेपालको प्रथम धर्मसभाका दार्शनिक, ७÷८ माङहिम मन्दिर निर्माण, ४५–५० भन्दा बढी साम्जीक मुन्धुम शास्त्र प्रतिपादन, कलियुगको अन्त्य गराई सत्ययुगको बीजारोपण, विश्व शान्ति र मानव एकता गराउने त्रिशूल अस्त्र स्थापना, कुम्भकर्ण फक्ताङलुङ महातीर्थ मार्गदर्शन, विश्वका १२ धर्म दर्शनसार आत्मावाद, अनात्मावाद र परमात्मावाद त्रितŒववादलाई मुन्धुमवादमा पाइन्छ भन्ने महाज्ञान दर्शनका दाता हुन्, उनी ।
–फाल्गुनन्द र मुन्धुम सम्बन्ध के हो ?
हत्या, हिंसा, रक्तबलिपूजा प्रतिबन्ध, जाँड, रक्सी, धूमपान, मादकपदार्थ निषेध, जुवातास, चोरी, जारी, सामाजिक सभ्यता भाँड्ने कुसस्ंकृतिका सबै क्रियाकलापबाट मुक्त हुनुपर्छ । मन शुद्ध, आत्मा शुद्ध गरी ईश्वरको उपासना, अर्चना र आराधना गरी ध्यान, ज्ञान, जप, तप, दीक्षा, शिक्षा, आहार, विहार, विचार र व्यवहार विशुद्धको शंखघोष गर्ने अभियन्ता भगवान् हुन् ।
छोरा छोरी समान हक, अंश, वंश, अधिकार, समानता र सामन्जस्यताको आजीवन धर्म प्रचारप्रसार गर्ने महागुरु छोरी–चेली बेचेर खाने पापले किरातीहरू उकालो नलागेको वाणी गर्नुहुन्छ ः एउटा बाबुआमाका छोराछोरी ! मानिस हुन् बराबरी÷अंश, वंश हक–अधिकार ! समान देऊ खबरदारी !!
मान्य मूल्य, मान्यता र समानताका पक्षधर सत्यहाङमा महागुरुलाई दुई÷दुई पटक राजद्रोही–देशद्रोही अभियोग लागि नेलकडी धरपकड परेको थियो ।
– नयाँ पुस्ताले धर्म र संस्कार बिर्सिरहेका छन् र ?
आधुनिकताको नाममा जब ध्यान, योग, साधना गर्न छोडिन्छ मौलिक धर्म, कर्म, संस्कृति पहिचान बिर्सनुमा अभिभावक, धर्म गुरुहरू र राज्य जिम्मेवार हुन्छ । नैतिक शास्त्र अध्ययन–अध्यापन नगर्नु, कक्षागत मुन्धुमि मातृ स्कूल नखोलिनु र मूलतः मुन्धुम फाल्गुनन्द विश्वविद्यालय स्थापना नहुनुले सत्यज्ञानको अभाव छ ।
– मुन्धुममा के के छ ?
मुन्धुममा सर्वस्व छ, ब्रह्माण्डको वर्णन छ, जीवन–जगत् र ईश्वरको गुणगान छ । कथा, लोककथा र गाथारूपी अचुक शास्त्र छ । “पूर्णमद पूर्णमिदं पूर्णातपूर्ण मुदच्यतेः पूर्णास्य पूर्णाय मेवावसिसते” सम्पूर्ण ध्यान, ज्ञान र विज्ञान, आत्मा अनात्मा र परमात्मा पाइने हुनाले मुन्धुम पढौँ र चिनाऔँ । मुन्धुममा उचनिच छैन । छुवाछूत, जातजाति र साम्प्रदायिकता छैन ।
– विश्वेश्वरप्रसाद कोइरालाकोे ‘सुम्निमा’ जलाएकोबारे तपाईंको धारणा के छ ?
कुनै पनि ज्ञान जलाउनु आफैँमा अज्ञान हो । शास्त्रलाई शास्त्रले र अस्त्रलाई अस्त्रले झैँ फलामलाई फलामले, अणुलाई अणुले मात्र जवाफ दिन सक्छ । ज्ञानलाई ज्ञानले जवाफ दिनुपर्छ ।

प्रकाशित: २४ कार्तिक २०७४ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App