१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन पर्यवेक्षक मुखदर्शक : हरिविनोद अधिकारी

काठमाडौं- फ्रिडम फोरमका अध्यक्ष तथा वरिष्ठ पत्रकार हरिविनोद अधिकारीले कतिपय निर्वाचन स्थलहरुमा राजनीतिक दल, मतदान अधिकृत तथा निर्वाचनमा खटिने कर्मचारीको मिलेमतो हुने भएकोले निर्वाचन पर्यवेक्षक मुखदर्शक बन्ने गरेको बताएका छन्। 

रेडियो नागरिसँग कुरा गर्दै वरिष्ठ पत्रकार अधिकारीले पर्यवेक्षकहरु पनि राजनीतिक रुपमा नियुक्ति हुने भएकोले पर्यवेक्षण प्रभावकारी हुन नसकेको बताए । उनले भने, ‘पर्यवेक्षकले मतदान सकिएपछि प्रतिवेदन बुझाउने र आयोगले प्रतिवेदनमा दिइएका सुझावहरुलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिएको छैन । कतिपय पर्यवेक्षकहरु राजनीतिक दबाबमा खटिने भएकाले ती पर्यवेक्षकबाट आएको प्रतिवेदन तथ्यसँगत नहुने भय पनि त्यती नै हुन्छ ।’

हम्रो देशमा निर्वाचन पर्यवेक्षक खटाउने भनेको विरालो बाँधेर श्राद्ध गर्ने परम्परा जस्तै भएको उनले बताए । पर्यवेक्षकले प्रतिवेदन बुझाएपनि त्यसको अन्तिम निर्णायकर्ता निर्वाचन आयोग नै हुन्छ । उनले भने, ‘२०६४ सालमा धेरै स्थानहरुमा मतदाताभन्दा बढी मत खसेका थिए । तर आयोगले त्यस विषयमा मुखै खोलेन ।’

विदेशबाट आउनेहरु पर्यवेक्षकहरुले पनि एउटा धारणा बनाएर आउने बताउँदै अधिकारीले भने, ‘२०६४ मा माओवादीले जित्दिए हुन्थ्यो  भन्ने धारणा बनाएर आए । उनीहरु दुर्गम क्षेत्रमा गएनन्् । निर्वाचन पर्यवेक्षण औपचारिक रुपमा मात्रै भएको छ । तर देशमा पहिलेका कुराहरुबाट सिक्ने परम्परा छैन ।’

प्रकाशित: २३ कार्तिक २०७४ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App