१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मैले जोत्ने राँगाहरु तन्नेरी थिए: केपी ओली (भिडियो)

काठमाडौं – म युवा छँदा हलो पनि जोत्थे। मैले जोत्ने राँगाहरु भर्खरका तन्नेरी थिए। केहीमा हलो अड्कियो भने, राँगाले बड्याङ–बुडुङ भाचिदिन्थे केहीले रोक्न नसक्ने।  प्रदेश १ र २ मा हेर्नुस् त, अनुभवी युवाहरुको जोश । आज हामीले साझा घोषणापत्र जारी गरेका छौं। यो चुनाब घोषणापत्र मात्र होईन, देश बनाउने घोषणापत्र हो । देश विकास, राष्ट्रियता रक्षाको घोषणापत्र हो।

नीति छैन, कार्यक्रम छैन्, न विचार छ, न नै कुनै किसिमको सिद्धान्त र उद्देश्य छन्, केही गर्नको लागि। यो  देशका जनता हुनेखानेका पछाडी लाग्नुपर्ने ? त्यसको लागि उनीहरुले फिजाएका भ्रमहरु सुनिदिएर मानिदिनु पर्ने ? अनि नफल्ने, काम नलाग्ने, सुकिसकेका, पात झरेका र हांगा टुटिसकेका रुखमा भोट हाल्नुपर्ने ?

नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्नो समयमा एक्ला एक्लै यो देशलाई हल्लाएका पार्टीहरु हुन् । दुवै एकजुट भएर देश बनाउछौं भनेपछि अत्तिदैनन् त विरोधीहरु । अहिले आत्तिएर रुवाबसी गर्छन् । पछी उनीहरु भन्छन्,‘अगुंर अमिलो छ।’ 

अहिले म धेरै हच्काउन चाहन्न्, तर नेपाल अगाडि बढ्यो । हामीले घोषणा गरिसक्यौं । आहिलेसम्म कांग्रेस दोस्रो पार्टी थियो । यो कायम रहने धेरै समय छैन् । नीति छैन, कार्यक्रम छैन्, न विचार छ, न नै कुनै किसिमको सिद्धान्त र उद्देश्य छन्, केही गर्नको लागि। यो  देशका जनता हुनेखानेका पछाडी लाग्नुपर्ने ? त्यसको लागि उनीहरुले फिजाएका भ्रमहरु सुनिदिएर मानिदिनु पर्ने ? अनि नफल्ने, काम नलाग्ने, सुकिसकेका, पात झरेका र हांगा टुटिसकेका रुखमा भोट हाल्नुपर्ने ?

हाम्रो एकता जनता, विकास, राष्ट्रियता र शान्तिका लागि हो। म साथीहरुलाई आग्रह गर्न चाहन्छु, घोषणापत्रका बुँदाहरु लिएर तपाईहरु जानुस् । हाम्रा नीतिहरु संयुक्त राष्ट्र संघले तय गरेको दिगो विकास लक्ष्य २०१६ देखि २०३० सम्म पुरा गर्नु पर्छ भनेर अगाडि बढेका छौ। दुनियाँले त्यो लक्ष्य पुरा गर्ने तर हाम्रो नेपालले किन त्यो पुरा गर्न नसक्ने ?

हाम्रा विरोधीहरु दिगो विकास लक्ष्य भनेको के हो भनेर सोच्दै होलान् । उनीहरुको सोचभित्र दिगो विकास लक्ष्य पर्दैन। यो जनताको विकासभित्र पर्ने हुँदा उनीहरु यसमा सरोकार राख्दैनन्। हामी संयुक्त राष्ट्र संघसँग मिलेर २१ औं शताब्दीको गतिलाई हातेमालो गरेर नेपाललाई अघि बढाउन चाहान्छौं।

भिडियो: प्रबिन कोइराला

(काठमाडौं क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले दिएको मन्तव्यको सारांश)

 

 

प्रकाशित: २२ कार्तिक २०७४ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App