१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वाम गठबन्धन नितान्त असैद्धान्तिक छ : खगेन्द्र संग्रौला

काठमाडौं –  लेखक तथा समिक्षक खगेन्द्र संग्रौलाले एमाले र माओवादीको गठबन्धन नितान्त असैद्धान्तिक भएको बताएका छन् । उनले बिल्कुलै फरक पृष्ठभूमी भएका दलहरूले रहस्यमय ढंगले एकाएक गरेको गठबन्धन नितान्त असैद्धान्तिक र अव्यवहारिक भएको बताए ।

रेडियो नागरिकसँग बुधबार कुराकानी गर्दै लेखक संग्रौलाले सिद्धान्तलाई आवरण दिन विभिन्न कुराहरू गरिएपनि त्यो तथ्यसंगत नभएको बताए । उनले भने, ‘केपी शर्मा ओली र पुष्पकमल दाहालको स्वार्थका लागि गरिएको गठबन्धन दिगो हुँदैन ।’ 

माओवादीले गरेको १० वर्षे जनयुद्धका बाचा बिर्सेको बताउँदै राजनीतिक विश्लेषक संग्रौलाले भने, ‘दाहालकाे पद प्राप्तिको स्वार्थमा १० वर्ष पहिले आफ्नो आव्हानमा हजारौं नेपालीको ज्यानको आहुती दिन लगाएका कुरा बिर्सेका छन् ।’
एमाले–माओवादी केन्द्रले चुनावी तालमेल गरेपनि एकता त्यती सहज नभएको संग्रौलाले बताए । उनले भने, ‘दुवै पार्टीमा पदका आंकाक्षी नेताहरू धेरै भएको र तिनीहरूको व्यवस्थापन, सिद्धान्तका कुराहरू र इतिहासलाई कसरी समेट्ने भन्ने विषयमा नै ठूलो विवाद सिर्जना हुन्छ ।’ 

वाम गठबन्धन पाँच वर्षका लागि जनताबाट अनुमोदन भएर आयो भने सकारात्मक दिशामा अघि बढ्न सके मुलुकमा स्थिरता आउँछ तर सबै त्यही सकारात्मक दिशामा अघि बढ्लाजस्तो मलाई लाग्दैन । उनले भने, ‘संसदीय व्यवस्थामा अभ्यस्त रहेका, भ्रष्ट्राचाको स्वाद चाखेका , ठेकेदार भएका पार्टीहरूले राम्रो गर्लान जस्तो मलाई लाग्दैन।’ 

वाम गठबन्धन अहिले केही संयम भएको बताए । उनले भने, ‘ कांग्रेसले वाम गठबन्धलाई आरोप लगाउँदै घोषणापत्र जारी गरेपछि सार्वजनिक भएको वाम गठबन्धनको ड्राफ्टमा उल्लेख गरिएका मधेस केन्द्रीत दललाई आरोपित गेर्न कुराहरु अहिले संसोधन गरिएका छन्।’

खगेन्द्र संग्रौलासँगको कुराकानी सुन्न तल क्लिक गर्नुहोस्

 

प्रकाशित: २२ कार्तिक २०७४ ०५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App