१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यु–१९ क्रिकेट टोली मलेसियातर्फ

काठमाडौं– एसिसी यु–१९ युथ एसिया कपका लागि नेपाली युवा टोली मंगलबार राति मलेसिया प्रस्थान गरेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीले मलेसिया जानुअघि बंगलादेशमा तीन अभ्यास खेल खेलेको थियो । 
बंगलादेश भ्रमणमा गएको नेपाली टोली कात्तिक १६ गतेको पहिलो अभ्यास खेलमा ३ विकेटले पराजित भएको थियो भने १८ गतेको दोस्रो खेलमा १ सय २३ रनले हारेको थियो । १९ गतेको अन्तिम अभ्यास खेलमा नेपाल ६ विकेटले विकेटले विजयी भएको थियो।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले भारत, बंगलादेश र आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ भने आइतबार भारतविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेल नेपालले मंगलबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र पश्चिमी क्षेत्रको छनोट प्रतियोगिताको विजेता रहेका छन् । नेपाल पूर्वी क्षेत्रको विजेता टोली हो। 

दीपेन्द्रसिंहको कप्तानीमा १५ खेलाडी, मुख्य प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक कलाम अली, ब्याटिङ सल्लाहकार मुरगाङ जगदीश देसाई, टिम व्यवस्थापक रमन शिवाकोटी र फिजियो दिनेश भट्टसहितको २० सदस्यीय टोली नेपाल एयरलाइन्सको विमानबाट मलेसिया गएको हो ।

प्रकाशित: २२ कार्तिक २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App