१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मण्डलामा दयाहाङको ’झ्यालिन्चा’

काठमाडौं –निर्देशक दयाहाङ रार्इले निर्देशन गरेकाे नाटक ’झ्यालिन्चा’ राजधानीकाे मण्डला थिएटरमा मञ्चन सुरू हुँदैछ । मंगलबारदेखि मञ्चन सुरू हुने 'झ्यालिन्चा' लार्इ लेखक कुमार नगरकोटीले लेखेका हुन् ।

स्टेजमा लेखक हासबिरा ‘झ्यालिञ्चा’ उपन्यासको सेरोफेरोमा आयोजना गरेकाे कार्यक्रम सहभागि छन् । उनी उपन्यासकी चरित्रबाट अपरिचित छन् । बगैंचामा आएको प्याजी झ्यालिन्चाबाट मोहित भएका उनी उपन्यासको खाका तयार पर्न व्यस्त छन् ।  सुदूर गाउँकी एक युवतीको आत्मा झ्यालिञ्चा बनेर उडिरहेको हुन्छ । जनयुद्धकालमा बिद्रोहीहरुलाई खाना खुवाएवापत सरकारी सुरक्षाफौजबाट अपहरणमा परेकी युवतीकाे बलात्कार पश्चात जिउँदै जंगलमा गाडिएकी हुन्छन् । यसै पृष्ठभूमिमा नाटक केन्द्रित रहेकाे छ ।

कथावाचन शैलीमा मञ्चन भइरहेकाे ५० मिनेटकाे नाटकमा विजय बराल र रञ्जना ओलीले अभिनय गरेका छन् । अनुपम शर्माको प्रत्यक्ष संगीत रहेको नाटकमा किरण चाम्लिङले गीत संयोजन गरेका हुन् । नाटकको मञ्च निर्माण र प्रकाश व्यवस्थापन भने रोहित पौडेल र अनुप न्यौपानेले गरेका छन् ।

नाटक निर्देशनमा निर्देशक रार्इलाई  सोमनाथ खनाल, उमेश तामाङ र विकाश जोशीले सघाएका छन्। निर्देशक राईले किराँत संस्कारको मुन्धुमी कथावाचन शैलीलाई नाटकमा प्रयोग गरेका छन् । गत भदाैं १४ मा बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा ’झ्यालिन्चा’ काे प्रिमियर गरिएको थियो । नाटक अागामी मंसिर ३ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित: २१ कार्तिक २०७४ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App