१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जलवायु सम्मेलनमा लेखा र प्रशासनका कर्मचारी

काठमाडौं- वातावरण सचिव विश्वनाथ ओलीले विभागीय मन्त्रीलाई समेत थाहा नदिई असम्बन्धित व्यक्तिलाई जर्मनी लगेका छन् । उनी जर्मनीको बोनमा मंगलबार सुरु हुने जलवायु परिवर्तनसम्बन्धी २३औं सम्मेलनमा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

सचिवले यसरी भ्रमणमा लैजाने कतिपय व्यक्तिको आउनेजाने टिकट र बस्ने खर्चको व्यवस्था गर्न दातृसंस्थालाई दबाब दिएको स्रोतले बतायो । साथै सम्मेलन आयोजकका तीन कोटामध्ये एउटा कोटामा गएका व्यक्ति र इसिमोडको पैसामा गएका तीनमध्ये दुईजनाको नाम गोप्य राखिएको छ । यसबारे वातावरणमन्त्री मिथिला चौधरीलाई समेत जानकारी छैन ।
सचिवले कार्यक्रमस“ग असम्बन्धित व्यक्तिलाई लगेपछि वातावरण मन्त्रालयका दुई पदाधिकारी र आयोजनाका कर्मचारीसमेत रुष्ट छन् । यता आगामी सोमबार सम्मेलनमा भाग लिन जाने योजना बनाएकी वातावरणमन्त्री चौधरीको भने हवाई टिकटको पनि टुंगो लागेको छैन ।  ‘लेखा र प्रशासनका कर्मचारी जलवायु परिवर्तन सम्मेलनमा भाग लिन गएका छन्’, वातावरण मन्त्रालय स्रोतले नागरिकस“ग भन्यो । स्रोतका अनुसार यसरी जानेमा प्रशासनका शम्भु थपलिया र लेखा प्रमुख कमानसिंह खत्री छन् ।
जलवायु परिवर्तन सहयोग कार्यक्रमका अधिकृत मनोज ओझाको खर्चको व्यवस्था गर्न सचिव ओलीले इसिमोडलाई दबाब दिएको स्रोतले बतायो । ‘कार्यक्रमका उनीभन्दा माथिका कर्मचारीलाई बेवास्ता गर्दै ओझालाई लगिएको छ’, स्रोतले भन्यो, ‘इसिमोडको पैसामा गएका व्यक्तिबारे मन्त्रीलाई पनि जानकारी दिइएको छैन ।’
प्रशासन शाखा प्रमुख थपलिया र जलवायु परिवर्तनका रामहरि पन्त जलवायु परिवर्तन सहयोग कार्यक्रमको पैसामा गएका छन् । लेखा प्रमुख सिंह र वातावरण तथा जनसंख्या महशाखाका  निर्देशक रितु पन्थ थर्ड नेसन कम्युनिकेसनको पैसामा गएका छन् ।
वातावरणमन्त्री चौधरीले तीनजनाको नाममात्र स्वीकृत गरेको जानकारी दिइन् । ‘मैले सचिव, एक सहसचिव र मेरा निजी सचिवको नाममात्र स्वीकृत गरेकी हु“ । अरु कर्मचारीलाई सचिवले आफ्नो अधिकार प्रयोग गरेर लैजानुभएको हो । मलाई केही थाहा भएन’, उनले नागरिकस“ग भनिन् ।
‘अरु कसलाई लैजाने र आर्थिक स्रोत कहा“बाट खोज्ने भन्नेबारे मस“ग कुनै छलफलनै भएका छैन’, उनले थपिन्, ‘गएका अन्य कर्मचारी र व्यक्तिको भ्रमण सबै सचिवजीले नै स्वीकृत गरेको हो ।’ मन्त्री चौधरीले इसिमोडको खर्चमा ककसलाई लगियो भन्नेबारे पनि आफूलाई कुनै जानकारी नभएको बताइन् ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (युएनएफसिसिसी) पक्ष राष्ट्रको २३औं सम्मेलन मंगलबार जर्मनीको बोनमा सुरु हुँदैछ । यो सम्मेलन ११ दिनसम्म चल्नेछ ।
युएनएफसिसिसीको तीनजनाको कोटामध्ये दुईमा सचिव ओली र जलवायु परिवर्तन महाशाखा प्रमुख लम्साल गएका छन् । मन्त्री चौधरी आगामी सोमबार आफ्ना निजी सचिव सुरेश खनालस“ग जाने कार्यक्रम छ । उनीस“गै राष्ट्रिय योजना  आयोगका सदस्य डा. प्रभु बुढाथोकी पनि जाने कार्यक्रम तय भएको छ । सरकारी टोलीलाई सहयोग गर्न विश्व वन्यजन्तु कोषका युगान मानन्धर, अन्य संस्थाबाट राजु पण्डित क्षेत्री र मन्जित ढकाल बोन जाँदैछन् ।

प्रकाशित: २१ कार्तिक २०७४ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App